News Portal

विराटनगरका पूर्वमेयर पराजुलीलाई कारबाहीको सिफारिस

हिमालीसंचार संवाददाता
४०४ पटक

विराटनगर। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ।

निवर्तमान मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपसहित कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए।

नेपाल कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतका अनुसार वडा समिति र उम्मेदवारले पनि पराजुलीले अन्तर्घात गरेको प्रतिवेदन क्षेत्रमा बुझाएका थिए।

उनले विराटनगर वडा नम्बर ३ बाट कारबाहीका लागि पूर्व मेयर पराजुलीसहित ७ जनाको नाम जिल्लामा पठाइएको बताए। वडाले जेठ २४ गते नै प्रतिवेदन दिए पनि क्षेत्रले असार ९ गते कारबाहीका लागि सिफारिस गरेको उनको भनाइ छ।

‘वडा समितिले पठाएको कारबाहीको सिफारिसलाई हामीले जिल्लामा पठाएका छौं,’ उनले भने,‘ उम्मेदवारले पनि उहाँ(पराजुली)ले अन्तर्घात गरेको रिपोर्ट दिनुभएको छ।’

वडा नम्बर ३ बाट पूर्व मेयर पराजुलीसँगै उनका दाजु चुणामणि पराजुली, पुष्प निरौला, धर्म बानिया, कृष्ण भण्डारीलगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ।

विराटनगरको मेयरमा कांग्रेसबाट पराजुली पनि आकांक्षी थिए। तर पार्टीले अन्तिम समयमा नागेश कोइरालालाई टिकट दिएको थियो। कोइराला ३० हजार १७० मतसहित मेयर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...