News Portal

  • खोटाङमा नेकपा एमालेले पराजित स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने

    हिमालीसंचार संवाददाता
    २८८ पटक

    खोटाङ – खोटाङ जिल्लामा नेकपा एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहहरुमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो ।

    एमालेले स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालले पराजित भएको पालिकामा आगामी असोज महिनाभित्र प्रतिपक्ष सरकार बनाउने तयारी गरेको जानकारी दिए। 

    खोटाङका १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा मात्र एमालेले प्रमुख जितेको छ । त्यसैले, बाँकी आठ स्थानीय तहमा एमालेले प्रतिपक्ष सरकार बनाउने भएको हो ।

    स्थानीय पालिकाको मनपरीतन्त्र विरुद्ध शसक्त प्रतिवाद गर्न, समग्र जनताको भावनाको प्रतिनिधित्व गर्नदेखि सत्तापक्षले गरेका अनियमितता, एकलौटीपनलाई रोक्न दवाव तथा खबरदारी गर्न प्रतिपक्ष सरकार बनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा  अध्यक्ष दंगालले जानकारी दिए ।

    अध्यक्ष दंगालका अनुसार, ‘राम्रो कामको साथ दिन र नराम्रो कामको पर्दाफाँस गर्नका लागि पराजित भएको पालिकामा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेका हौँ।’ ‘प्रतिपक्षको काम बिरोध गर्नु मात्र होईन, रचनात्मक सहयोग गर्नु पनि हो । हामी स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौँ । सरकार गलत बाटोमा गए सच्याउने काम गर्नेछौँ ।’

    विस ०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएको पालिकामा कांग्रेसले पनि छायाँ सरकार बनाएको थियो तर छायाँ सरकार प्रभावहिन बनेको थियो । एमालेले बनाउने प्रतिपक्ष सरकारको प्रभाव भने हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...