News Portal

  • देशलाई नयाँ युगतर्फ लैजाने सपना छः दाहाल

    ‘ एक पटक नेतृत्व गरेर देशलाई नयाँ युगतिर लैजाने सपना छ’

    हिमालीसंचार संवाददाता
    २२० पटक

    काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आयोजना आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका हुन् ।

    नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दहालले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताएका हुन् । अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै प्रधानमन्त्री भएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक गर्ने दाबी समेत गरे । 

    ‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै समय गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दा गर्दै नौ महिला बिती गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ,’ उनले भने ।

    राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि दाहालले बताए । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’ दाहालको उक्ति थियो।

    नेपालमा वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो । फेरि एक पटक देशको नेतृत्व गरेर नयाँ युगमा मुलुकलाई लैजाने आफ्नो सपना रहेको उनले बताए ।

    आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरुको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

    अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको बताए । उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...