News Portal

रवि लामिछानेद्वारा “राष्ट्रिय स्वतन्त्र पार्टी” धोषणा, चुनाव चिन्ह घण्टी र पार्टी कार्यालय बसुन्धारा

हिमालीसंचार संवाददाता
७२५ पटक

काठमाडौं – पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी रहेको धोषणा गरेका छन् ।

‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना राष्ट्रले नचिनेका तर राष्ट्रलाई चिनेका व्यक्तिहरु रहेको उल्लेख गरेका छन् । 

लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए । यस क्रममा उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए । उनले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरेका छन्  । साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेले बताए ।

सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन् । उनले अब निर्वाचन आयोगमा गएर “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ता गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...