News Portal

एसपीपी सधैंको लागि बन्द गरी, विदेश नीतिको प्रतिपक्ष लगायद साझा धारणा प्रारम्भ गरौं- महामन्त्री द्वय

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी महामन्त्रीद्वयले पत्राचार गर्न देउवालाई सुझाव दिएका हुन् ।

उनीहरुको सुझाव ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाइ बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभागिताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ ।

छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत कुराकानी भएको नेताहरुले बताएका छन् । नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन तथा पूर्णता दिने विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...