News Portal

परिस्थितिले मलाई राजनीतिज्ञ बनायो: रवि लामिछाने

असार ७ गते राजनीतिक योजना घोषणा गर्ने

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।

एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ । तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’

उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । सोही अनुसार उनी बिहीबार नै कार्यरत टेलिभिजनबाट बाहिरिएका थिए ।  ‘म राजनीतिको नयाँ पुस्ता बन्न चाहान्छु । मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु । तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।’

लामिछानेले देश निर्माणका लागि आफूसँग केही रहेको बताउँदै जसलाई सार्थक पार्न सके हाम्रा सन्ततिको भविष्य सुनौलो बन्न सक्ने बताए । ‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’, उनले भने, ‘अब म तयार भएँ, तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।’ लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताए । 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...