News Portal

एमाले सांसद बानियाँलाई अमेरिकी सैनिकको चिन्ता

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे।

मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको, चीनलाई अहिलेको सरकारले नजरअन्दाज गरेको गुनासो मात्र गरेनन्, ५ हजार अमेरिकी सैनिक नेपालमा लुकेर बसेको पनि दाबी गरे।

उनले दुरुस्तै देखेको जस्तै बताएपछि माधव नेपालले पनि नेपालमा विदेशी सैनिक बस्नुले आशंका जन्माएको बताए। माधव नेपाल सत्तारुढ दलका प्रमुख नेता हुन्। उनको दल अहिलेको सरकारमा छ।

नेपालले नै त्यसो भनेपछि मिडियाले पनि समाचार बनाए। तर, नेपालमा ५ हजार अमेरिकी सैनिक रहेको भन्ने कुरा हास्यास्पदबाहेक केही हुन सक्दैन। विदेशी सैनिक नेपालमा आउँदा हवाई सेवा प्रयोग गर्नुपर्छ।

उनीहरू ओर्लने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हो। विदेशबाट को आयो ? कहिले आयो ? भन्ने सबै छर्लंग हुन्छ तर, एमाले सांसदले राजनीतिक प्रोपोगन्डा गरेको कुरालाई माधव नेपालले बुझ्न सकेनन्।

एमाले स्थानीय निर्वाचनको परिणामपछि अझै होसमा आइसकेको छैन। त्यसैले अहिले जनतामा छाइरहन सो पार्टीका नेताहरूले विभिन्न फन्डा झिकिरहन्छन्।

सांसद बानियाँले निकालेको फन्डा पनि त्यसकै कडीको एउटा निरन्तरता रहेको नेताहरु बताउँछन्। बानियाँ एक शिक्षिकालाई बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेर धरौटी छुटेका सांसद हुन्। बलात्कार आरोपी भए पनि उनी निर्धक्क संसद् बैठकमा उपस्थित भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...