News Portal

स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्‍याउन सक्छ:रविप्रकास राई

हिमालीसंचार संवाददाता
६०५ पटक

खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा स्थानीय सरकारको ठूलो भूमिका हुने बताएका हुन्।

बिराटनगरमा बिहीबार आयोजित स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्नुहुंदै अध्यक्ष राईले संघीय सरकारलाई काम गर्नमा बाहिरी र भित्री शक्तिहरुको बाधा अवरोध हुने र प्रदेश सरकारमा पनि त्यो खालको परिस्थिति सिर्जित भईरहेको तर, स्थानीय सरकारलाई अहिलेसम्म कहिबाट बाधा अबरोध नभएकाले संमृद्धीको मार्ग अगाडी बढाउनमा लाग्नुपर्ने बताए।

प्रदेश १ का १३७ वटा स्थानीय सरकारमध्येमा बोल्ने अवसर पाएका राईले अहिलेका जनप्रतिनिधिले पाएको स्वर्णिम समय देशलाई संमृद्धीको शिखरमा पुर्याउनका लागि संवेदनशील र जिम्मेवार भएर खर्चनुपर्ने सुझाव दिए। जनप्रतिनिधिले खर्चदै गरेको समय सही ढंगबाट सदुपयोग नहुंदा देश संमृद्धीको मार्गतिर अगाडी बढ्ने कुरामा पनि विचलन आउन सक्ने उनको भनाई छ।

जनताको मत पाईसकेपछि राजनीतिकर्मीलाई यो सबैभन्दा ठूलो ऋण हो भन्ने महशुष गरेर त्यो जनताको ऋण तिर्नुपर्छ भन्ने हिसाबले आ–आफ्नो दायित्व र जिम्मेवारीलाई बुझेर काम गर्यो भने निश्चित रुपमा जनताको ऋण पनि तिर्न सक्छौ। राईले भने जनताको विश्वास र भरोसालाई विश्वस्त दिलाउँदै आफ्नो भुगोललाई संमृद्धीतर्फ अगाडी बढाउन सक्छौ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...