News Portal

स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्‍याउन सक्छ:रविप्रकास राई

हिमालीसंचार संवाददाता
६२० पटक

खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा स्थानीय सरकारको ठूलो भूमिका हुने बताएका हुन्।

बिराटनगरमा बिहीबार आयोजित स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्नुहुंदै अध्यक्ष राईले संघीय सरकारलाई काम गर्नमा बाहिरी र भित्री शक्तिहरुको बाधा अवरोध हुने र प्रदेश सरकारमा पनि त्यो खालको परिस्थिति सिर्जित भईरहेको तर, स्थानीय सरकारलाई अहिलेसम्म कहिबाट बाधा अबरोध नभएकाले संमृद्धीको मार्ग अगाडी बढाउनमा लाग्नुपर्ने बताए।

प्रदेश १ का १३७ वटा स्थानीय सरकारमध्येमा बोल्ने अवसर पाएका राईले अहिलेका जनप्रतिनिधिले पाएको स्वर्णिम समय देशलाई संमृद्धीको शिखरमा पुर्याउनका लागि संवेदनशील र जिम्मेवार भएर खर्चनुपर्ने सुझाव दिए। जनप्रतिनिधिले खर्चदै गरेको समय सही ढंगबाट सदुपयोग नहुंदा देश संमृद्धीको मार्गतिर अगाडी बढ्ने कुरामा पनि विचलन आउन सक्ने उनको भनाई छ।

जनताको मत पाईसकेपछि राजनीतिकर्मीलाई यो सबैभन्दा ठूलो ऋण हो भन्ने महशुष गरेर त्यो जनताको ऋण तिर्नुपर्छ भन्ने हिसाबले आ–आफ्नो दायित्व र जिम्मेवारीलाई बुझेर काम गर्यो भने निश्चित रुपमा जनताको ऋण पनि तिर्न सक्छौ। राईले भने जनताको विश्वास र भरोसालाई विश्वस्त दिलाउँदै आफ्नो भुगोललाई संमृद्धीतर्फ अगाडी बढाउन सक्छौ।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...