News Portal

इम्बोस्ड प्लेट महँगो र गुणस्तरहीन भयो, जारी गरिएको सूचना खारेज गर्न माग: गगन थापा

हिमालीसंचार संवाददाता
३३३ पटक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा संसदमा विशेष समयमा बोल्दै जबरजस्ती नगर्न सरकारसंग माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी आम नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गरेका हुन् ।

संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेटबारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गरे । गण्डकी र बाग्मती प्रदेशमा साउन १ दखि इम्बोस्ड नम्बर प्लेट नलगाए कारवाही हुने भन्दै शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो ।

मन्त्री थापाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर मंसिरबाटै इम्बोस्ड नम्बर प्लेट जडानको लागि तालिका बनाए पनि अहिलेसम्म सबै यातायात कार्यालयमा काम नै सुरु नभएको बताए । ‘प्लेट जडानको काम सुरु नभएकोमा ताकेता कार्यालयमा गर्ने कि नागरिकलाई तर्साउने ?’  महामन्त्री थापाको प्रश्न थियो ।

यहा ठेकदार कम्पनीसँगको सम्झौताअनुसार १६ महनाभित्रै यो जडानको काम टुंग्याइनुपर्ने अवस्था रहेको भन्दै उनले प्लेट जडानको काम नसकिए सरकारले आर्थिक दायित्व बेहोर्नुपर्ने अवस्था रहेको स्मरण समेत गराए ।

‘सरकारले भनेको काम भनेको समयमा नगर्ने, अनि आफूले कमी कमजोरी गरेर नागरिकलाई दुःख र सजाय दिने ? महामन्त्री थापाले प्रश्न गरे,’अबको १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड जोड्ने भनिएको छ, दिनको ५ हजारमा इम्बोस्ड जोड्नुपर्छ, कसरी सम्भव छ, २-३ वटा कार्यालयबाट ?’ उनको प्रश्न थियो। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...