News Portal

अबसरबादी प्रचण्डको पछाडी दौड्ने हामी कस्तो कांग्रेसी ?

हिमालीसंचार संवाददाता
१०२४ पटक

काठमाडौं-  कर्ण बहादुर अधिकारी टोखा ३ धनेश्वर स्थानीय निकायको चुनावको अन्तिम परीणाम घोषणा भएसंगै चुनावी सर्मी गर्मी पनि सबै सकिएको छ। कांग्रेसले प्रतिनिधित्व गरेको सरकारकै मातहातमा चुनाव सम्पन्न भएकोमा यो सरकारलाई धन्यबाद नदिई रहन सकिएन।

देशको हरेक काल खण्डमा जब जब देशमा संकट पर्छ तब तब काग्रेसले नै प्रतिनिधित्व गर्छ भन्नेमा दुई मत नै छैन।चुनाव सकिएसंगै चुनावी समिक्षा हुनु जरूरी थियो तर आजको दिन सम्म पनि कहि केहि सुन्न पाईएन। माओबादी लगायतका ५ दलीय पार्टीसंग गरेको चुनावी तालमेलले हामीलाई फाईदा वा बेफाईदा के भयो भनेर छलफल हुन जरूरी छ।
देशको सिमित जिल्लाहरूमा भएको गठबन्धन कार्यकर्ताको चाहना नभई पार्टी सभापति र उहाँको आसेपासे नेताहरूको फाईदाको लागि गरीएको थियो भन्ने प्रमाणित नै भई सकेको छ । चुनाव के सकिएको थियो यता माओबादी केन्द्रका अध्यक्ष महोदयले प्वलिकमा कांग्रेसलाई धम्की दिन सुरू गरी सकेको छ। कमरेड प्रचण्डको लक्ष्य पुरा भएसंगै पुन जंगली पारामा थर्काउन सुरू गरी सकेका छन।अब केहि महिना पछि हुने केन्द्र र प्रदेशको चुनावमा माओबादीको असली रूप हेर्नु छ।

७४ सालमै डाईनोसर लोप भए सरी लोप हुन लागेको माओबादीलाई एमालेले काध हालेकै कारण आजको दिन सम्म हामीले माओबादी भनेर चिन्न पायौ। आज पुन सकिने अबस्थामा रहेको माओबादीलाई कोमाबाट फर्काउने काम गर्यो कांग्रेस सहितको गठबन्धनले ।बिचरा झले र माकुनेको पनि पारा त्यहि नै हो अझै हुंकार गर्दैछन सामाजिक संजालमा गठबन्धन नगरेको भए अझै बढी जित्थ्यौ भन्दै छन माकुने दाई। बिचरा माकुने दाई आफ्नै क्षेत्रबाट लखेटिएको चाँहि बिर्सेछन बुढाले।

नेपालको राजनिति माहौललाई बुझ्दा यहाँ कार्यकर्ता र भोटरले अन्तरघात नगरी नेता भनौदाहरूले नै अन्तरघात गरेको प्रष्ट देखियो । अन्तरघाती त देउवा हुन जसले कांग्रेसीहरूलाई रूखमा भोट हाल्नुको साटोमा हसिया हथौंडा र छाता लगायतको चुनाव चिन्हमा मतदान गर्न लगाए।

छि छि लाज लाग्नु पर्ने हो नेतृत्वलाई। केपी ओलीको दम्भ र घमण्डलाई न्युनी करण गर्नका लागि भएको गठबन्धन रे । सुन्दा पनि हासो लागेर आउँछ। केपीलाई प्रधानमन्त्री बनाउने तपाई हामी नै होईन र भन्या।माओबादीको त के कुरा गर्नु आफ्नो अस्तित्वको सुरक्षा गर्नकै लागि राजनिति दलसंग साँठगाठ गरी रहेको छ ।
म बिगत देखि नै माओबादीसंग कांग्रेसले गरेको गठबन्धनको बिरोधमा थिए मेरो पार्टी प्रतिको निष्ठा र धर्मकै कारण कांग्रेस बाहेक अन्य राजनिति दलको चुनाव चिन्हमा मतदान गर्न सक्दिन भनेर खुबै बिरोध गरे।

प्राय सबै जसो कांग्रेसीहरूले मेरो कुरोलाई मनन गरे तर केहि अबसरबादी कांग्रेसीहरू अझै भनौ देउवा निकटका कांग्रेसीहरूले मलाई धम्काउने काम पनि गरे। मैले त्यो धम्काईलाई प्रसादको रूपमा ग्रहण गरेको छु। म कांग्रेसको सधै भलो चिताउने कार्यकर्ता हुँ। म कांग्रेस छोडेर कतै जाने कल्पना समेत गर्न सक्दिन। पार्टीलाई गलत बाटोमा हिडाउनेहरूको बिरूद्धमा आवाज उठाई रहने छु।

देउवालाई टिको लगाएर प्रधानमन्त्री बनाई दिएकै कारण कांग्रेसीलाई बली चढाएका हुन देउवाले अरूको त के कुरा गर्नु प्रकाश मान सिंहको समेत ऋण तिर्न भ्याए बुढाले, प्रकाशमानको धर्म पत्नी सृजनालाई महानगरको टिकट पनि दिलाए तर परीणाम स्वतन्त्रको हातमा गयो कारण कांग्रेसीहरूले नै बालेनको लौरो चुनाव चिन्हमा मतदान गरे।

कांग्रेस कसैको घरको पेवा वा दाईजो होईन जसलाई जे गर्न मन लाग्यो तेहि गर्ने बिपीले आज भन्दा ४० बर्ष अगाडी बोल्नु भएको माहानबाणी अहिले सत्य साबित हुँदै छ। जब पार्टी भित्र सुकिला मुकिलाहरूको हावी हुन्छ त्यस बखत कार्यकर्ताले एकपटक पुन पार्टी भित्र संघर्ष गर्न जरूरी छ भन्नु हुन्थ्यो अब हामी एक जुट भएर तिनका बिरूद्धमा संघर्ष गर्न जरूरी देख्दछु।

चुनाव हार्यो भनेर कार्यकर्ताहरूलाई भन्दा पनि यी टाउकेहरूलाई अन्तरघातीको ट्याग लगाउन जरूरी छ। पार्टी हाक्न पायो भन्दैमा जे मन लाग्यो त्यहि गर्न मिल्छ। हिजो सामाजिक संजालमा रामचन्द्र पौडेलले बोलेका कुरा पनि आएको छ बंशबाद लादेकै कारण काठमाण्डौमा कांग्रेस हारेको हो भनेर
बिगतलाई सम्झेर बर्तमानमा पछुताउनुको साटो आउँदा दिनमा पार्टीलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सोच्न जरूरी छ।

आर्कालाई बुई चढाउने वा बुई चढ्ने प्रवृतिले पार्टी डुब्ने पक्का छ ।एकले अर्कोलाई बर्ग शत्रु मान्ने कांग्रेस कम्युनिष्टको अप्राकृतिक मिलनले क्षणिकलाई आनन्द दिए पनि दीर्घकालीन संगम होला भन्न सकिदैन।राजनितिका चतुर खेलाडी प्रचण्डको पछि दौड्ने म र तपाई कस्तो कांग्रेसी?

प्रचण्ड बिषालु साप हो सापलाई दुध पिलाएर जति नै राखे पनि त्यसले डसेरै छाड्छ।कि नडस्नको लागि त्यसको दात नै झारी दिनु पर्यो तर कांग्रेसबाट त्यो सम्भब छैन। यस्ता कुरो त सम्झिने पानी छम्किने मात्र हो। जंगली मनोबृति बोकेका प्रचण्ड त एक अबसरबादी नेता हुन यिनले आफ्नो पार्टी त डुबाय डुबाय अब यिनको पछि लागेर हिड्ने पार्टीहरू पनि डुब्ने पक्का छ।बिशेषत पार्टी भित्र बंशबाद लाद्ने यिनको नियतलाई राम्रो मान्न सकिदैन ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...