News Portal

लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित खुल्ला भलिबल खेलकाे उपाधी आयोजक टिमले हात पार्यो

हिमालीसंचार संवाददाता
४९९ पटक

कुबेत– लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित इसेवा मनी ट्रान्सफरको मुख्य प्रायोजनमा पुरुष भलिबल खुल्ला भलिबल प्रतियोगिता तथा नवाै बार्षिक उत्सव हिजो जुन ३ मा कुबेतको मङगाफस्थित फाहाहिल स्पोर्स क्लबको खेल मैदानमा सम्पन्न भयाे।

समाजको अध्यक्ष नेत्र पेमी मगर सभापतित्व रहेको कार्यक्रममा दुतावासबाट पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथी रहेका थिए भने एनआरएनए राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रणध्वज लामाको बिशेष आतिथ्यता रहेको थियो। अतिथीहरुमा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धिजिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरुको उपस्थिति रहेका थियाे।

कार्यक्रमलाई संस्थाका सचिब शंकर पौडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा सभापति प्रमुख अतिथि बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी केक काटी उद्घाटन गरियको थियो।

नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो।कार्यक्रममा प्रमुख अतिथि तथा बिशिष्ठ अतिथि शुभकामना दिदै परदेशमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेलको बिकासमा महत्वपूर्ण भूमिका रही यसरी नेपाली-नेपालीबीच एकताको सुत्रमा एकजुट गराई प्रतियोगिता सफल गरेको आयोजकलाई धन्यवाद दिएका थिए।

१० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै आयोजक टिम र कल्याणकारी नेपाली युवासमाज कुवेत टिम फाईनल प्रबेस गरेका थिए।

फाईनल खेलमा आयोजक टिमले कल्याणकारी नेपाली युवासमाज कुवेत टिम लाई पराजित गर्दै बिजेताको उपाधी चुमेको थियो भने कल्याणकारी नेपाली युवासमाज कुवेत उप-बिजेताको उपाधी हासिल गरेको थियो।

मोना कुबेत टिमले तेस्रो स्थान हासिल गरेको थियो भने, उत्कृष्ट वेस्ट अनुसासित टिम लाफा टिमले हासिल गरेको थियो। प्रतियोगितामा इसेवा मनी ट्रान्सफरको लक्कि ड्ररद्धारा भाग्यसालि उपारहरु पनि राखेका थिए।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...