News Portal

काठमाडौंका मेयर शाहले ओली र देउवापछि प्रचण्डसंग भेटधाट गरे

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौंका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका छन्।

नवनिर्वाचित मेयर शाहलाई भेटमा प्रचण्डले बधाई दिएका छन्। प्रचण्डले मेयर शाहलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन्। ‘तपाई जस्तो युवाले नेतृत्व लिनु धेरै खुसीको कुरा हो, यसले माओवादी सिंगो पार्टी र म खुसी छौं,’ प्रचण्डको भनाइ उदृत गर्दै सचिवालय स्रोतले भन्यो, ‘अब तपाईँले कसरी हुन्छ जनताको समस्या समाधानमा ध्यान दिनुहोला, हामीले गर्ने सहयोग गर्नेछौं।’ प्रचण्डले बालेनको जितलाई ठूलो क्रान्ति भएको बताएका थिए। 

अध्यक्ष प्रचण्डले ‘तपाईँको जित बहुत ठूलो कुरा हो, ठूलो क्रान्ति हो’, ‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग आवद्ध भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईँले पहिलो पटक सबैलाई मिलाएर, सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले तपाईँलाई हाम्रो सधैंभरी सहयोग हुनेछ।’

मेयर बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए। गठबन्धनका तर्फबाट समेत आवश्यक सहयोगको अपेक्षा आफूले गरेको बालेनले प्रचण्डलाई बताएका छन्। यसअघि मेयर शाहले एमाले अध्यक्ष केपी शर्मा ओली र काग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा संग भेट गरेका थिए।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...