News Portal

नेपाली काँग्रेस पनि नेकपा एमालेजस्तै हुने हो कि भन्ने चिन्ता छ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन्। पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका हुन्। 

गठबन्धन कायम राखेरै जान चाहेको स्पष्ट पारेका अध्यक्ष प्रचण्डले कांग्रेसमा पनि एमालेमा जस्तै अहंकार र दम्भ देखिए ठेगान लगाउने बताएका हुन् । ‘हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं। तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो’, उनले भने,‘त्यसकारण म कांग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु। अहंकार र दम्भले कसैको पनि हित गर्दैन। जनता र राष्ट्रको त हित नै गर्दैन।’

‘अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्नेछ। हामीलाई अरू केहीछैन’, उनले अगाडि भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’ चेतावनी दिएका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...