News Portal

  • स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

    कांग्रेसलाई २, स्वतन्त्रसहित गठबन्धनका ३ दललाई १-१ महानगर

    हिमालीसंचार संवाददाता
    ४२३ पटक

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा शून्य भएको छ।

    ०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका थिए भने माओवादी र जसपाले समान १–१ मा जित हासिल गरेका थिए। अघिल्लो निर्वाचनमा महानगरमा जित हासिल गर्ने दलले यसपटकको निर्वाचनमा फेरि जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ।

    मुलुकभरका ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगर नेपाली कांग्रेसले जोगायो। यसअघि पनि यी दुबै पालिकामा नेपाली कांग्रेस विजयी भएको थियो।

    यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ। पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए। उनले एमालेका कृष्ण थापालाई ६०४५ मतान्तरले हराउँदै विजयी भए। 

    भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन्। उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराइन्। वीगन्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए। 

    विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। उनले एमालेका सागर थापालाई ९ हजार बढी मतले हराए। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भए। यसअघि जितेको काठमाडौंमा एमाले यसपालि तेस्रो भयो।

    मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१७६७ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरेकी छन्। एमालेका केशव स्थापितले ३८११७ मत प्राप्त गरेका छन्।

    बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३६५० मत बढी पाए।  सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।

    ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्।  महर्जनले १२९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई हराए। व्यञ्जनकारले २९९८६ मत प्राप्त गर्दा महर्जनले ४२९२९ मत प्राप्त गरे।

    यता मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ। एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ।

    यसअघि नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले काठमाडौंको उपमेयर जित्दा यसपालि एमालेकी सुनिता डंगोल निर्वाचित भइन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई तेब्बर मतान्तरले हराइन्। 

    उनले ६८६१२ मत पाउँदा उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन)ले १३६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२१४१ मत पाएकी छन्। 

    यसैगरी, ललितपुरको उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४५५२ मतसहित विजयी भइन्। उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यलाई हराइन्। बज्राचार्यले १७५८८ मत पाउँदा शाक्यले ७ हजार बढी मतान्तरले हराइन्। 

    यस्तै पोखरा महानगरको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङ पुनः निर्वाचित भइन्। उनले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन्। गुरूङले ६०५४६ मत पाउँदा रानाभाटले ५६६६३ मत पाएका थिए।

    यसैगरी विराटनगर महानगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेकै शिल्पा कार्की विजयी भइन्। उनले २५६८० मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले १४२१९ मत पाए। 

    भरतपुर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भए।

    भरतपुरमा नेपाली कांग्रेसका चित्रशेन अधिकारी ५२८०३ मतका साथ विजयी भए।  उनले राप्रपा-एमालेको गठबन्धनका उम्मेदवार हिमला गुरूङलाई २० हजार बढी मतान्तरले हराए। गुरूङले ३०६०११ मत ल्याइन्। 

    यस्तै वीरगन्ज महानगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै इम्तियाज आलम विजयी भए। उनले एमालेसँग गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टीका पुरूषोत्तम लाल झालाई तेब्बर बढी मतान्तरमा हराए। आलमले ३००७८ मत ल्याउँदा झाले ९५६८ मत ल्याए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...