News Portal

गणित बिषयमा डिग्री श्यामको “हे आमा आउदिन दसैं मा” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१४९४ पटक

राजु बोहरा/काठमाडौ : दसैंको चहलपहल चली रहेको बेलामा घरदेशी हरुलाई परदेसी फर्कने हुन् या हैनन् भनेर मन पोलि रहेको हुन्छ । आँगनमै दसैँ, साहुको रिणको दबाब, त्यसमा पनि काखको छोरो परदेश बाट घर आउन नपाए पछि बुढा बा आमा भक्कानिदै दसैको तडक भडक नियाल्न बाध्य हुन्छन ।

यस्तै परिवेश समेटेर सिन्धुली तिनपाटन गाउपालिका वडा नँ ४ मा जन्मिएका, बहुप्रतिभाका धनी गाएक श्याम अधिकारिले “हे आमा आउदिन दसैं मा” बोलको गित लिएर आएका छन्, यस गीतमा लय/शब्द/स्वर श्याम अधिकारीको नै रहेको छ । गायक अधिकारीले गणित बिषयमा डिग्री गरेका छन् ।

सानै देखि गायक बन्ने सपना बोकेका अधिकारीले, पढाइ सके पछि औपचारिक रुपमा साँगितिक क्षेत्रमा प्रेबस गरेका हुन् । गीत र संगीत मार्फत समाजमा भएका बिसँगती, कुरितीलाई निरुत्साहित गर्दै समाज परिबर्तनमा भुमिका खेल्ने उनको लक्ष रहेको छ ।

“हे आमा आउदिन दसैं मा” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?time_continue=8&v=7RShwpqCw9I

प्रतिकृया दिनुहोस्

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...