News Portal

  • धरानका नवनिर्वाचित मेयर हर्कराज राईले इनरुवमा लिए सपथ, धरानमा फर्केर दिए सपथ

    हिमालीसंचार संवाददाता
    ४६५ पटक

    धरान – धरान उपमहानगरपालिका धरानको नवनिर्वाचित नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज सोमबार सपथ ग्रहण लिएका राईले धरान पुगेर १०१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण दिएका छन् ।

    आज विहान सपथ ग्रहण लिन इनरुवा पुगेका नवनिवार्चित नगर प्रमुख राईलाई सुनसरी जिल्ला अदालतका प्रदेश नं. १ न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगतै नगर प्रमुख राईले धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा उपप्रमुखसहित वडाबाट निवार्चित १०१ जना जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराए। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

    धरानमा निर्वाचित वडाध्यक्षहरुमा एमालेबाट वडा नं. २ का रमेश राई, वडा नं. ४ का धनबहादुर राई, वडा नं. ५ का मनप्रसाद लिम्बु, वडा नं. ७ का जीवन सुवेदी, वडा नं. ८ का धनबहादुर राई, वडा नं. १० का विवेक राई, वडा  नं. १२ का टंक राई, वडा नं. १३ का नेत्र काफ्ले, वडा नं. १५ का नरेश इङ्वारम, वडा नं.  १९ का पूर्ण लिम्बु गरी १० जना रहेका छन् ।

    नेपाली कांग्रसबाट वडा नं. १ का यज्ञमणि आचार्य, वडा नं.  ३ का विद्या शाक्य, वडा नं. ९ का रुपेश आचार्य, वडा नं. ११ का लोकेन्द्र फागो, वडा नं. १६ का मुरारी भट्टराई, वडा नं. १८ का प्रविण राई, वडा नं. २० का पदम लिम्बु गरी ७ जना रहेका छन् । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वडा नं. १७ का मनोज भट्टराई, राप्रपा हलोबाट वडा नं. १४ का कृष्ण भट्टराई, र स्तवतन्त्र उम्मेदवार रेहेका वडा नं. ६ का भूपेन्द्र भट्टराईलाई नगर प्रमुख राईले सपथ ग्रहण गराएका हुन। 

    धरानमा बेथितिविरुद्ध सडक आन्दोलन र संघर्ष गरेर सम्बन्धित सरोकारवालाका नियत माथि प्रश्न गर्दै सुशासन र पारदर्शिताका लागि निरन्तर दबाब दिँदै आएका विद्रोही स्वभावको पहिचान बनाएका सामाजिक अभियन्ता राईले स्थानीय तहको निर्वाचनमा संगठीत प्रमुख दल कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै नगर प्रमुख पदमा निर्वाचित भएका राईले भोली विजयी जुलुसको कार्यक्रम रहेको बताए। 

    सपथ ग्रहणका केहि तस्वीरहरुः

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...