News Portal

  • रंगेलीमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेकाे विजयी

    हिमालीसंचार संवाददाता
    २४५ पटक

    रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ। नेपाली कांग्रेसको ‘गढ’ काे रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो।
    आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्ष एमालेले जितेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्बजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तरले विजयी भएका छन्।

    बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे। बगडीया र घिमिरेको मतान्तर ३८०० छ। बगडीया निवर्तमान मेयरसमेत हुन्। त्यस्तै उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे। पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् ।रंगेलीका ९ ववडा मध्ये सवै वडामा पनि एमाले विजयी भएको छ।

    ६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जितेपनि अन्य सवै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् । नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्। प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद ज्ञापन गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...