News Portal

जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

हिमालीसंचार संवाददाता
३८३ पटक

काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ।

दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीका गैर दलित समुदायको भीडले क्रुर र नृशंस हत्या गरेका थिए।

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दासमेत सरकारले उचित न्याय दिन नसकेको प्रति घोर बिरोध गर्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले यही जेष्ठ १० गते अपराधीहरुलाई कारवाहीको निम्ति देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने जनाएको छ।

मोर्चाले जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाउँदै लैजाने मोर्चाका केन्द्रीय सदस्य रुपा सुनारले बताईन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...