News Portal

जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ।

दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोतीका गैर दलित समुदायको भीडले क्रुर र नृशंस हत्या गरेका थिए।

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दासमेत सरकारले उचित न्याय दिन नसकेको प्रति घोर बिरोध गर्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले यही जेष्ठ १० गते अपराधीहरुलाई कारवाहीको निम्ति देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने जनाएको छ।

मोर्चाले जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाउँदै लैजाने मोर्चाका केन्द्रीय सदस्य रुपा सुनारले बताईन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...