News Portal

माथागढी गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिले अभिभावक बिहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिने

हिमालीसंचार संवाददाता
३१६ पटक

पाल्पा – माथागढी गाउँपालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ। केही दिनअघि मात्रै सकिएको स्थानीय तहको निर्वाचनबाट माथागढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित यमबहादुर चिदी, उपाध्यक्षमा निर्वाचित विष्णुमाया लुङ्चेमगर, वडा अध्यक्षमा निर्वाचित वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथपछि पद बहाली गरे।

अध्यक्षको पदबहाली गरेलगत्तै माथागढी गाउँपालिकाको अध्यक्ष यमबहादुर चिदीले अभिभावक बिहीन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँ सरकारले लिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। अभिभावक बिहीन बालबालिकाको पढाई लेखाई, पोशाक तथा शिक्षा सम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा चिदीले पदबहाली पछि हस्ताक्षर गरे।

माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व स्थानीय सरकार मातहत रहेकाले अभिभावकबिहीन बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि उनीहरूको शिक्षा लिने अधिकारलाई निरन्तरता दिन सम्पूर्ण शिक्षा सम्बन्धी खर्चको जिम्मेवारी लिने निर्णय लिइएको अध्यक्ष चिदीले जानकारी दिए।

अध्यक्ष चिदीले जनताको चाहना र आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार काम गर्ने घोषणा गर्नुभयो । उहाँले विगतका जनप्रतिनिधिले अघि सारेका अधुरा योजनालाई पूरा गर्ने र निर्वाचनका बेला आफूहरूले अघि सारेका योजनालाई अघि बढाएर नमूना पालिका बनाउने प्रतिबद्धता बताए।

जनप्रतिनिधिको सपथग्रहण तथा निवर्तमान जनप्रतिनिधिको बिदाई कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित जनप्रतिनिधिलाई आपसी सहकार्य र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरू निर्वाचित भएका बेला बस्ने कुर्चीसमेत नभएको स्मणण गर्दै अहिलेको अवस्था धेरै फरक रहेको र पालिको समग्र विकासमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष विष्णुमाया लुङ्चेमगर, निवर्तमान उपाध्यक्ष निर्मला भट्टराई, निर्वाचन अधिकृत मीना अर्याल, पूर्व वडा अध्यक्ष जनक रिजेल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो। कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अध्यक्षता, स्वास्थ्य संयोजक केशल जिसीको स्वागत तथा शिक्षा संयोजक अशेषकुमार भट्टराईको संचालनमा सम्पन्न भएको थियो।

यसैबीच माथागढीको सबै वडामा जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ । माथागढीको वडा नं. १ मा वडा अध्यक्ष राजकुमार पन्थी, वडा नं. २ का अध्यक्ष बोमबहादुर ठाडा, वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, वडा नं. ४ का वडाअध्यक्ष शंकर दर्लामी, वडा नं. ५ का वडा गशेणमान गाहा, अध्यक्ष वडा नं. ६ का अध्यक्ष युवबहादुर ठाडा, वडा नं. ७ का अध्यक्ष जंगबहादुर दर्लामी र वडा नं. ८ का अध्यक्ष दिलबहादुर ढेंगामगरले पदबहाली गरे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...