
धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार पालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपअध्यक्षमा रामेश्वर सिम्खडा विजयी भएका छन्।
नेपाली कांग्रेसका भक्त लामा ६२६२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने उनको प्रतिद्वन्दी एमालेका भक्त लामिछानेले ४०५० मत प्राप्त गरे।
उपअध्यक्षमा रामेश्वर सिम्खडाले५०३८मत ल्याई विजयी भएका छन्।भने प्रतिद्वन्दी एमालेका एन्जीला तामाङले ४१९६मत प्राप्त गरे।
योभन्दा अगाडिकाे गाउँपालिका स्थानीय चुनावमा चुनावमा एमालेको प्रमुख तथा उपप्रमुख दुवैमा विजयी भएको थियो।
यो पटक भने एमालेले आफ्नो सिट सुरक्षित गर्न भने सकेन। लामो समयपछि गंगाजमुना गाउँपालिका राजनीतिले केही कोल्टे फेरेको छ।तर बिकासले कति गति लिने छ भने बारे भाेलिकाे दिनमा हर्न नै बाँकी छ।
स्थानीय निर्वाचन २०२२ निर्वाचन आयोग नेपालका अनुसार गंगाजमुना गाउँपालिकामा १८ हजार २७५ मतदाता रहेका छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
