आज : २०२६-०७-१०, शुक्रबार

धादिङ गंगाजमुना ५ मा गठबन्धनका कुमार अधिकारी विजयी

धादिङ –  गंगाजमुना गाउँपालिका ५ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कुमार अधिकारी विजयी भएका छन्।

माओवादीका कुमार अधिकारीले ११११ मत ल्याई विजयी भएका हुन् । उनको प्रतिद्वन्दी एमालेका कुमार अधिकारीले ८६५ मत ल्याए ।

यो पटक गठबन्धनको अगाडी एमालेले आफ्नो सिट सुरक्षित गर्न भने सकेन। लामो समयपछि गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा राजनीतिले कोल्टे फेरेको छ।

जमुना गाउँपालिका वडा नं ५ को गठबन्धनका साझा उम्मेदवार कुमार अधिकारी नेकपा माओवादी काठमाडौ सम्पर्क समन्वय समिति सचिव भएर काम गर्दै आएका अधिकारी प्रष्ट र स्पष्ट वक्ताको रुपमा पनि चिनिन्छ।

वडा अध्यक्षमा अधिकारी विजय भएपछि भव्यरुपमा विजय जुलुस सहित गाउँमा परिक्रमा गर्दै छन्।