News Portal

धरान अपडेटः धरानमा १९ हजार ९ सय मतगणनाको नतिजा सार्वजनिक

हिमालीसंचार संवाददाता
२६९९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले अग्रता कायम राखेका छन् ।

धरानको मतगणना शुरु भएको पहिलो दिनदेखि नै गठबन्धनका उम्मेदवार राईले अग्रता कायम राखेका हुन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको जनाएको छ ।

गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ५६९० मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले ५०८५  मत प्राप्त गरी पछ्याइरहेका छन् । एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ५००३ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा ६३८८ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । उनलाई एमालेका उम्मेदवार पदम इस्वोले ६१५९ मत प्राप्त गरी पछ्याइ रहेका छन् ।  धरानमा वडा नं १, २, ३, ४, ५, ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ। अहिले धरान वडा नं ८, ९, १० र २० को मतगणना भइरहेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...