News Portal

जारी मतगणनामा नेकपा एमालेको चरम असन्तुष्टि

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाप्रति चरम असन्तुष्टि जनाएको छ । एक विज्ञप्तिमार्फत आइतबार सत्ता गठबन्धनले निर्वाचनमा तीन चरणमा धाँधली गरेको आरोप लगाउँदै एमालेले मतगणनामा असन्तुष्टि पोखेको हो ।

मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्य गरिएको एमालेको भनाइ छ ।  

यस्तै, मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको एमालेको दाबी छ ।

सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको भन्दै एमालेले लमजुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गर्ने काम भएको समेत आरोप लगाएको छ । 

यस्तै, मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं’, एमालेको विज्ञप्तिमा भनिएको छ ।  

मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले) ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पनि एमालेको दाबी छ ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...