अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए।
“सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन अभियानमा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजले जनाएको छ।
यहि १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन। साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरुलाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपाएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका छन् ।
युगल साँझको अतिथी गायक तुल्सी शिवाकोटी यहि आउदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ कुवेतको समयानुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा कुवेतस्थित संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार, समाजसेवी एवम् सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्वागतको लागि एयरपोर्ट जान हुनको लागि स्याङ्जा सहयोग समाज कुवेतले अनुरोध गरेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
