News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धादिङ जिल्लामा ६५ प्रतिशत मत खस्दा कुन पालिकामा कति (विवरण सहित)

    हिमालीसंचार संवाददाता
    ३४२ पटक

    धादिङ: स्थानिय तहको सदस्य चयनका लागि धादिङमा भएको २ लाख ६८ हजार ४ सय ७२ मतदाता मध्ये करिब ६५ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ ।धादिङका सवै मतदान स्थलमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    धादिङमा १ सय ९ मतदान स्थलका ३०३ वटै मतदान केन्द्रमा छिटपुट सामान्य घटना बाहेक शान्तिपुर्ण रुपमा मतदान कार्य सम्पन्न गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालले जानकारी दिए । कुन पालिकामा कति मत खस्यो त ?

    खनियाबास गाउँपालिका
    खनियाबास गाउँपालिकामा ६ हजार ३ सय ८१ मत खसेको छ । त्यहाँ ९ हजार ७ सय २९ मतदाता रहेका थिए ।

    त्यस्तै वडा न.१ मा १ हजार २ सय ७ जना मतदात रहेकोमा ८ सय २६ मत खसेको छ । २ नम्बर वडामा १ हजार ६ सय ९५ जना मतदाता रहेकोमा १ हजार १ सय ४३ मत खसेको छ । वडा नं. ३ मा २ हजार ३ सय २ जना मतदाता रहेकोमा १ हजार ६ सय ४४ मत खसेको छ ।

    त्यस्तै वडा नं. ४ मा १ हजार ९ सय ६२ जना मतदात रहेकोमा १ हजार १ सय ९३ मत खसेको छ । वडा नं. ५ मा २ हजार ५ सय ६२ जना मतदात रहेकोमा १ हजार ५ सय ७५ मत खसेको छ ।

    रुवीभ्याली गाउँपालिका
    जम्मा मतदाता ८ हजार ९ सय ५३ रहेको रुबीभ्यालीमा ६ हजार २ सय ७० मत खसेको छ। जसअनुसार रुबीभ्याली १ मा ८४३, रुबीभ्याली २ मा ७२२, रुबीभ्याली ३ मा १३१६, रुबीभ्याली ४ बोराङमा ७३२, रुबीभ्याली ४ चालिसेमा ३६६, रुबीभ्याली ५ लापामा १ हजार ६ सय ३९, रुबीभ्याली ६ सातकन्या ३६०, रुबीभ्याली ६ खादिङ २९२ मत खसेको हो ।

    धुनीवेशी नगरपालिका
    धुनिवेशीमा जम्मा मतदाता २५ हजार ८ सय २० रहेकोमा जम्मा १८ हजार ८ सय ८८ मत खसेको छ ।

    धुनिवेशी नगरपालिकाको वडा नम्बर १ मा ३ हजार १ सय ५४ मतदाता रहेकोमा २ हाजर १ सय ४८ मत खसेको छ । वडा नम्बर २ मा ३ हजार ४ सय ८३ मतदाता रहेकोमा २ हजार ४ सय ४२ मत खसेको छ । वडा नम्बर ३ मा २ हजार ७ सय २६ मतदाता रहेकोमा २ हजार ३ मत खसेको छ ।

    त्यस्तै वडा नम्बर ४ मा २ हजार १ सय १८ मतदाता रहेकोमा १ हजार ६ सय ३६ मत खसेको छ । वडा नम्बर ५ मा २ हजार ६ सय ५६ मतदाता रहेकोमा २ हजार २७ मत खसेको छ । वडा नम्बर ६ मा २ हजार २ सय १५ मतदाता रहेकोमा १ हजार ६ सय २९ मत खसेको छ ।

    त्यस्तै वडा नम्बर ७ मा ३ हजार ६४ मतदाता रहेकोमा २ हजार २ सय ९३ मत खसेको छ । वडा नम्बर ८ मा २ हजार ९ सय ९६ मतदाता रहेकोमा २ हजार १ सय ७० मत खसेको छ । वडा नम्बर ९ मा ३ हजार ४ सय ०८ मतदाता रहेकोमा २ हजार ५ सय ४० मत खसेको छ ।

    नेत्रावती गाउँपालिका
    कुल ११ हजार ७ सय ९९ मतदाता रहेको नेत्रावती गाउँपालिकामा ७ हजार ४ सय ४५ मत खसेको छ । जसअनुसार वडा नं १ मा १ हजार ३ सय ७८ मत खसेको छ । त्यहा २ हजार ३ सय २२ मतदाता रहेका थिए ।

    वडा नम्वर २ मा १ हजार ८ सय ६१ मतदाता रहेकोमा १ हजार १ सय ७२ मत खसेको छ ।  दुइ हजार ३ सय ९१ मतदाता रहेको वडा नं ३ मा १ हजार ६ सय २४ मत खसेको छ । वडा नं ४ मा २ हजार ५ सय ६४ मतदाता रहेको थियो भने त्यहाँ १ हजार ६ सय ८२ मत खसेको छ ।

    त्यस्तै वडा नम्वर ५ मा १ हजार ६ सय ३९ मत खसेको छ । त्यहाँ २ हजार ६ सय ११ मतदाता रहेका थिए ।

    नीलकण्ठ नगरपालिका
    नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा जम्मा ३० हजार ५ सय ६९ मत खसेको छ ।  नीलकण्ठमा ४४ हजार १ सय ११ मतदाता रहेका थिए ।

    नगरपालिकाको वडा नं १ मा १ हजार ३ सय ३६ मत, वडा नं २ मा २ हजार ७ सय ४५, वडा नं ३ मा २ हजार ८ सय ४१, वडा नं ४ मा १ हजार ९ सय ३५, वडा नं ५ मा २ हजार ७ सय ८८, वडा नं ६ मा १ हजार ७ सय ३० र वडा नं ७ मा २ हजार ३ सय २१ मत खसेको छ ।

    त्यस्तै वडा नं ८ मा २ हजार २ सय ८८, वडा नं ९ मा २ हजार ३ सय ८९, वडा नं १० मा १ हजार ७ सय ५६, वडा नं ११ मा २ हजार ३ सय २२, वडा नं १२ मा १ हजार ९ सय ३५ वडा नं १३ मा १ हजार ६ सय ११ र वडा नं १४ मा २ हजार ५ सय ७२ मत खसेको छ ।

    गल्छी गाउँपालिका
    १५ हजार ७ सय ७१ मतदाता रहेको गल्छी गाउँपालिकामा  १५ हजार ७ सय ७१ मत खसेको छ । जसअनुसार वडा नम्वर १ मा २ हजार २ सय ८७, वडा नम्बर २ मा २ हजार १ सय ४७, वडा नम्वर ३ मा १ हजार २ सय ९६, वडा नं ४ मा २ हजार २ सय १६ , वडा नम्बर ५ मा  १ हजार ८ सय ५०, नम्बर ६ मा १ हजार ७ सय ६९, वडा नम्बर ७ मा १ हजार ९ सय ४४ र वडा नम्बर ८ मा २ हजार २ सय ६२ मत खसेको छ ।

    बेनिघाट रोराङ गाउँपालिका
    २१ हजार ५५ मतदाता रहेको वेनिघाट रोराङ गाउँपालिकामा १५ हजार ९ सय ६७ मत खसेको छ ।  वडा नं १ मा १ हजार १ सय ४७, वडा नं २ मा २ हजार ७४, वडा नं ३ मा १ हजार ८ सय ७७ र वडा नं ४ मा १ हजार ४ सय ४१ मत खसेको छ ।

    त्यस्तै वडा नं ५ मा १ हजार ९ सय ५६, वडा नं ६ मा १ हजार २ सय ११, वडा नं ७ मा १ हजार ३ सय ४२, वडा नं ८ मा १ हजार १ सय १७, वडा नं ९ मा १ हजार ६ सय ८४ र वडा नं १० मा २ हजार १ सय १८ मत खसेको छ ।

    सिद्धलेक गाउँपालिका
    सिद्धलेक गाउँपालिकाको ७ वटै वडामा १४ हजार ६ सय ७१ मत खसेको छ । त्यहाँ २० हजार ४ सय ८ मतदाता रहेका थिए । वडा नम्बर १ मा २ हजार २ सय ११,वडा नम्बर २ मा २ हजार ७ सय ५४, वडा नम्बर ३ मा १ हजार ८ सय ७८, वडा नम्बर ४ मा १ हजार ८ सय ३३ मत खसेको हो ।

    त्यस्तै वडा नम्बर ५ मा १ हजार ७ सय २०, वडा नम्बर ६ मा १ हजार ८ सय ७८ र वडा नम्बर ७ मा २ हजार ३ सय ९७ मत खसेको छ ।

    थाक्रे गाउँपालिका

    थाक्रे गाउँपालिका २० हजार ७ सय २६ मत खसेको छ । वडा नं १ मा १ हजार ५ सय ४९, वडा नं २ मा २ हजार ७ सय ५, वडा नं ३ मा २ हजार ५ सय १९, वडा नं ४ मा १ हजार ६ सय ६९, वडा नं ५ मा १ हजार ५ सय ११ र वडा नं ६ मा १ हजार ५ सय २६ मत खसेको छ । त्यस्तै वडा नं ७ मा २ हजार २ सय २६, वडा नं ८ मा १ हजार ९ सय ३, वडा नं ९ मा १ हजार ५ सय ५४, वडा नं १० मा १ हजार ८ सय ८६ र वडा नं ११ मा १ हजार ६ सय ८७ मत खसेको छ।

    गंगाजमुना गाउँपालिकामा – गंगाजमुना गाउँपालिकामा मत गणना शुरु भएकाे छैन।

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...