News Portal

पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं – मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार राति झपड हुँदा पाल्पाको रैनादेवी छहरामा दुई जना कार्यकर्ता घाइते भएका छन् ।

पाल्पाको रैनादेवी छहरा–४, छहरा मगालमा दामोदर पौडेल र तल्लो छहराका रिखीबहादुर थामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पौडेल कांग्रेस र थामी एमाले निकट कार्यकर्ता हुन् । दुवैलाई दुवै पक्षले मतदाता प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । 

दुबै जनाबीच सामान्य विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको स्थानीयले बताए । एमाले कार्यकर्ताले पौडेललाई रातिको समयमा गाउँ पसेको आरोपमा कुटपिट गरेको कांग्रेसले आरोप लगाएको छ ।

स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अगुवाले भीड नियन्त्रणमा लिएका थिए । दुवै पक्षबाट भएका गल्ती कमजोरी आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द रायमाझी र गठबन्धनका उम्मेदवार लक्ष्मण रायमाझीले कार्यकर्ताबाट भएको गल्तीलाई जिम्मेवारी लिएर माफी मागेका छन् ।

मंगलबार रातिदेखि मौन अवधि सुरु भयो। एमाले र गठबन्धनका नेता, कार्यकर्ता भने रातीको समयमा भेला हुने, हो हल्ला गर्ने, दुवै पक्षबीच एक अर्कालाई आरोप लगाउने गर्दै आएका छन् । मौन अवधिमा आचारसंहिता विपरीत कार्य भइरहेपनि निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीले कडाई नगरेको स्थानीयको आरोप छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...