News Portal

पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं – मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार राति झपड हुँदा पाल्पाको रैनादेवी छहरामा दुई जना कार्यकर्ता घाइते भएका छन् ।

पाल्पाको रैनादेवी छहरा–४, छहरा मगालमा दामोदर पौडेल र तल्लो छहराका रिखीबहादुर थामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पौडेल कांग्रेस र थामी एमाले निकट कार्यकर्ता हुन् । दुवैलाई दुवै पक्षले मतदाता प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । 

दुबै जनाबीच सामान्य विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको स्थानीयले बताए । एमाले कार्यकर्ताले पौडेललाई रातिको समयमा गाउँ पसेको आरोपमा कुटपिट गरेको कांग्रेसले आरोप लगाएको छ ।

स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अगुवाले भीड नियन्त्रणमा लिएका थिए । दुवै पक्षबाट भएका गल्ती कमजोरी आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द रायमाझी र गठबन्धनका उम्मेदवार लक्ष्मण रायमाझीले कार्यकर्ताबाट भएको गल्तीलाई जिम्मेवारी लिएर माफी मागेका छन् ।

मंगलबार रातिदेखि मौन अवधि सुरु भयो। एमाले र गठबन्धनका नेता, कार्यकर्ता भने रातीको समयमा भेला हुने, हो हल्ला गर्ने, दुवै पक्षबीच एक अर्कालाई आरोप लगाउने गर्दै आएका छन् । मौन अवधिमा आचारसंहिता विपरीत कार्य भइरहेपनि निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीले कडाई नगरेको स्थानीयको आरोप छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...