News Portal

खेलकूद तथा पर्यटनमा जोड, खानेपानी र सुकुम्बासी समस्या समाधान गर्छु : किशोर राई

हिमालीसंचार संवाददाता
३५० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा सत्तारुढ गठबन्धनको तर्फबाट धरान उपमहानगरको मेयरका उम्मेदवार किशोर राईले खेलकूद तथा पर्यटन क्षेत्रमा विशेष जोड दिने बताएका छन्। भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राईले धरान पर्यटन र खेलकूदको केन्द्र भएकाले यस क्षेत्रमा जोड दिने बताए। 

धरानको भौतिक पूर्वाधार निर्माणमा रिङ रोड र पार्किङ स्थलको व्यवस्थापनमा सदैव प्रतिबद्ध रहेको प्रष्ट पारे। निर्माणाधीन अबस्थामा रहेको धरानको बसपार्कको निर्माण सम्पन्न गर्ने, ३ महिना भित्र नगरभित्रको खानेपानी समस्या समाधान गर्नेदेखि लिएर बहुभाषिक नीति अवलम्बन गर्ने गरी पिण्डेश्वर क्याम्पसलाई बहुभाषिक क्याम्पसको रुपमा रुपान्तरण गर्ने योजना रहेको बताए। 

धरानलाई नाटक घर तथा चलचित्र निर्माण स्थल बनाएर एउटा उदाहरणीय रचनात्मक शहर बनाउने उनको भनाई थियो । धरानको अर्को महत्वपूर्ण राजनैतिक समस्या भनेको भूमि आयोगसँग समन्वय गरेर धरानका सुकुम्वासी समस्या समाधान गर्ने समेत बताए। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...