काठमाडौं – सत्तारपढ गठबन्धनले आज ललितपुर महानगरमा चुनावी सभा आयोजना गर्दैछ । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी आमसभा आयोजना गर्न लागेको हो । ललितपुर महानगरमा हुने चुनावी आमसभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी उम्मेदवारको रुपमा रहेका छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । डडेलधुरामा चुनावी सभा हुने कार्यतालिका रहेको छ । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।