News Portal

  • नेकपा एमालेलाई जिताए स्थानीय तह भंग : देउवा

    हिमालीसंचार संवाददाता
    २४३ पटक

    काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले स्थानीय तहको चुनाव जिते केपी ओली स्थानीय तह भंग गर्ने आशंका व्यक्त गरेका छन्। कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तहमा विजय गरे उनले स्थानीय तह पनि भंग गर्न सक्ने बताए।

    ‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन्। हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भने। संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ। ‘एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?,’ देउवाको प्रश्न छ।

    एमालेलाई जिताउनु भनेकै संसद भंग गर्न म्यान्डेट दिन भएको देउवाले बताए। देउवाले भने, ‘ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्ने नै हो, यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुँदैन । ओलीजीले जितेको खण्डमा फेरि त्यही गर्ने हो।’

    देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने बताए। साथै उनले गठबन्धनप्रति इमान्दार बन्न पनि कार्यकर्तालाई निर्देशन दिए। पार्टीका बागी उम्मेदवारलाई विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ। उम्मेदवार फिर्ता नलिए कारवाही गरिने पनि देउवाले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...