News Portal

  • सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

    हिमालीसंचार संवाददाता
    २१५ पटक

    रोशन पोखरेल/मोरङ – सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका यादवले नगरपालिमा आफु निर्वाचित भएमा नगरका हरेक टोलमा सुझाव पेटी खार्दै जनभावना अनुरुप काम गर्ने पताए।

    युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै आएका छन् । 

    यादवसँग साबिक टकुवा गाबिस वडा नं.–९ को वडाअध्यक्ष भएर काम गरिसकेको अनुभव समेत छ । त्यति मात्र होइन उनी २०५४ सालमा सम्पन्न स्थानीयतह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर समेत गाबिस अध्यक्षमा जितेर जनताको मन जित्नेगरी काम गरिसकेका अनुभवी जनप्रतिनिधि हुन् । ‘मसँग बिकासको स्पष्ट मोडल छ र योजना छ । भिजन र अनुभव छ । सुनवर्षीका लागि परिपक्व उम्मेदवार हु ।’ उनले भने,‘त्यसैले यस पटक मलाई सुनवर्षीवासीले अत्याधिक मतले जिताउनु हुन्छ भन्ने विश्वास छ ।’ 

    उसो त यसपटकको निर्वाचनमा सुनवर्षी नगरपालिकामा जसपा र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । जसपा उम्मेदवार यादवलाई माओवादी केन्द्रको साथ छ । विगतमा एक्लै निर्वाचन लड्दा तेस्रो भएपनि यसपटक माओवादी केन्द्रको समेत साथ रहेकाले सुनवर्षी नगरवासीले आफुलाई मत दिएर जिताउनेमा यादव आशावादी छन् । ‘मलाई आशा छ यस पटक सुनवर्षीवासीले मलाई पत्याउनु हुन्छ ।’ उनले भने,‘किनभने स्थानिय निर्वाचनमा यसपटक सुनवर्षीको जनताले पार्टीभन्दा पनि भिजन भएको, योजना भएको उम्मेदवारलाई जिताउनु हुन्छ ।’ 

    राजनीतिमा बिकृती बढीरहेका बेला यादव आफु जनताको सेवागर्न राजनीतिमा लागेको बताउँछन् । आफु कुनै व्यक्तिगत लाभ र स्वार्थका लागि राजनीतिमा नआएको उनको भनाई छ । देश र जनताको सेवा गर्ने रहर युवा अवस्थादेखिनै जागेको यादवले बताए । ‘सुनवर्षीको जनताले अपेक्षा गरेको कार्यहरु कुनै पनि दलले गरेका छैनन । सबैजना आ–आफ्नै स्वार्थमा लिप्त छन् । जनताको आशा कसैले पुरा नगरेका कारण जनता निरास छन् ।’ उनले भने,‘जनताको हरेक समस्यामा मलहम लगाउन मैले उम्मेदवारी दिएको हो । म सदैव जनताको सेवामा समर्पित रहने छु । जनताको सेवालाई नै सर्वोपरी ठानेर काम गर्ने छु ।’ 

    उनले आफु मेयरमा निर्वाचित भए कुनै पनि नातावाद कृपावादमा नलागी जनताको लागि निश्पक्ष काम गर्ने बताए । यादवले आफु निर्वाचित भएर आएपछि सुरुमा सो नगरपालिकाभित्र रहेको सम्पुर्ण सामुदायीक विद्यालयहरुको गुणस्तर बढाउने, विपन्न तथा तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि मद्दत गर्ने, छु शैक्षिक ऋण दिने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । 

    त्यस्तै युवाका लागि आईडिया बैकको स्थापना गर्दै युवा साथिहरुलाई स्वरोगजार बनाउन हरेक प्रकारको कार्यक्रमहरु उनीहरुकै सल्लाहमा ल्याउने यादवको योजना छ । नगरभित्रका युवाहरुलाई सरकारी जागिरमा प्रवेश गराउनका लागि लोकसेवा परिक्षाको कक्षाहरु निःशुल्क रुपमा दिन एउटा अध्ययान सेन्टर स्थापना गर्ने उनले बताए । 

    नगरपालिकामा भएको हरेक क्षेत्रको प्रतिभा जस्तै गायक, गीतकार, खेलाडी मुर्तिकार लगायतका प्रतिभाहरुलाई अगाडि बढाउन आर्थिक साहायता तथा सहयोग सम्मान र प्रोत्साहनसमेत गर्ने यादवको प्रतिवद्धता छ । 

    त्यस्तै नगरपालिकाका सम्पूर्ण किसानलाई सिचाई सुविधाका लागि सुरुमा हरेक टोलमा बिजुलीको व्यवस्थापन गर्ने, लो  भोल्टेजको समस्याको अन्त्य गर्ने, सस्तो दरमा बिउ बिजन उपलब्ध गराउने, समयमा मल उपलब्ध गराउने र उन्नत तरिकाले खेती गर्नकोलागि विषेशज्ञहरु राखेर एउटा हेल्प सेन्टरको स्थापना गराउने यादवले योजना अघि सारेका छन् । 

    बेला बेलामा कृषकलाई प्रशिक्षण दिने, कृषि क्षेत्रमा थप अनुदान दिएर किसानहरुलाई प्रोत्साहनसमेत गरिने योजना यादवको छ । उनले स्थानिय बजार र कृषि उत्पादनलाई प्रवर्दन गरिने प्रतिवद्धता जनाएका छन् । ‘नगरपालिकाको हरेक नागरिकको स्वास्थ्य बिमा निशुल्क गर्ने छु । जस कारण सबै जनतालाई बिरामी परेपछि उपचार गर्न गराउन कुनै प्रकारको आर्थिक समस्या हुने छैन ।’ उनले भने,‘ विपन्नका लागि एउटा छुट्टै उपचार कोष खडागरी समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने छु । आमा दिदिहरुलाई सिप मुकल तालिमहरु दिएर उहाँहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बनाउने छु ।’ 

    उनले नगरका जेष्ठन नागरिकहरुका लागि टोलटोलमा मिलन केन्द्रको स्थापना गर्ने योजना बनाएका छन् । जेष्ठ नागरिकहहरुको आत्मबल बढाउने खालाको कार्यक्रम उनीहरुकै सल्लाहमा ल्याउने यादव बताउँछन् । जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घर–घरमानै पुर्याईदिने ब्यवस्था मिलाउन वडामा एउटा हेल्प सेन्टर निर्माण गर्ने यादवले जनता माझ प्रतिवद्धता जनाएका छन् । साथै बर्षको दुई पटक जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रमहरुसमेत राखिने यादवले बताए । 

    यादवले आफु निर्वाचित भएको खण्डमा सडक, पुल लगायत भौतिक पुर्वाधार निर्माणका कामहरु पारदर्शी ढंगले गर्दै ठुला योजनाका लागि प्रदेश एवम् सघिय सरकारसँग पहल गर्ने बताए । उनले दातृ निकायसँग समन्वय गरि विकासको योजना र कार्यक्रमहरु ल्याउने बताए । 

    नगर क्षेत्रका सम्पूर्ण मठमन्दिर मस्जिद एवम् धार्मिक स्थलहरुको निर्माण एवम निर्माण भइसकेका संरचनाको उचित संरक्षण गर्ने यादवको योजना छ । ‘सबैको आत्म सम्मान बढ्ने खालको काम गर्ने छु ।  हरेक टोल टोलमा सुझाव पेटिका राख्ने छु । यस वडाको जनताको सुझाव सल्लाह अनुसार नै वडाको बार्षिक कार्य योजना निर्माण काम गर्ने छु ।’ उनले भने,‘नगरपालिकामा व्यापारीहरुलाई संगठित गर्न ब्यापार संघको स्थापना गर्ने छु । ससक्त ढंगबाट उहाहरुको हितमा पनि विभिन्न कार्यक्रम ल्याउने छु ।’ 

    उनले जसपाबाट उम्मेदवार भएको आफुले स्पष्ट र भिजनसहितको योजना ल्याएकाले आफ्नो जित निश्चित भएको बताए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...