News Portal

धनुषामा एमाले कार्यकर्ताले राप्रपा उम्मेदवारमाथि सांधातिक आक्रमण गरे

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडासदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारमाथि  सांधातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

मियाको परिवारका सात जना सदस्यमाथि पनी एमालेका कार्यकर्ताले सामुहिक आक्रमण गरेको राप्रपाको दाबी छ। ‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडाध्यक्षका उमेदवार लिलीवीर बिसीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरेकोमा राप्रपाले विरोध गरेको छ।

‘घरदैलो कार्यकार्यक्रममा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ। साथै यस्ता घटनाले निर्वाचनमार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकारसमेत कुण्ठित भएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्। राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...