News Portal

धनुषामा एमाले कार्यकर्ताले राप्रपा उम्मेदवारमाथि सांधातिक आक्रमण गरे

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं – धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडासदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारमाथि  सांधातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

मियाको परिवारका सात जना सदस्यमाथि पनी एमालेका कार्यकर्ताले सामुहिक आक्रमण गरेको राप्रपाको दाबी छ। ‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडाध्यक्षका उमेदवार लिलीवीर बिसीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरेकोमा राप्रपाले विरोध गरेको छ।

‘घरदैलो कार्यकार्यक्रममा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ। साथै यस्ता घटनाले निर्वाचनमार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकारसमेत कुण्ठित भएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्। राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...