News Portal

धरानमा सिमनदीको पानी होईन, हिमनदीको पानीले दीर्गकालिन आपुर्ती गर्छुः हर्क साम्पाङ

हिमालीसंचार संवाददाता
३८३६ पटक

धरान – स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि धरान उपमहानगरपलिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले धरानको पानीको समस्या अब सिमनदीको पानीले होईन, (सप्तकोशी) हिमनदीको पानी आपुर्ती गरेर दीर्गकालिन समस्या समाधान गर्ने बताए।

धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औचित्य सकिएको बताए । बैशाख ३० गतेको चुनावपछि धरानले पार्टीको दासत्व तोडेर स्वतन्त्र हुने पनि उद्घोष गरे । ‘पार्टीको पछाडि लाग्ने औचित्य,  दासत्व, सिद्धानत, पार्टीको लगाम तोडेर स्वतन्त्र भएर बाँच्न चुनावपछि धरान स्वतन्त्र हुनेछ, ‘उनले भने, ‘पार्टी जितिरहने, धराने जनता हारिरहने कुचलनको अन्त्य गछौं, गछौं । पार्टी जितिरहेको कारण र धरान हारिरहेको कारणले गर्दा नै आज हाम्रो घरमा खानेपानीसम्म आएको छैन ।’

सप्तकोशी छेवैमा बगिरहेको भएपनि धरानमा एक गाग्री पानीको लागि झगडा गर्नुपरिरहेको भन्दै साम्पाङले यो अवस्था राजनीतिक दलहरुको स्वार्थको कारण समस्या भएको पनि जिकिर गरे । उनले आफ्नो चुनावी एजेण्डाको पहिलो बुँदा नै खानेपानी समस्या समाधान गर्ने रहेको बताए । 

पार्टी भनेर हिड्ने तर सिद्धान्त थाह नपाउने, समाज कसरी रुपान्तरण गर्ने भन्ने थाह नभएका नेताहरुको कारण जनताले सास्ती भोग्नु परिरहेको साम्पाङको भनाई थियो । पार्टी र नेताहरुमा जनताको सेवा गर्ने सर्मपण भाव नभएको भन्दै उनले राजनीतिक पार्टी व्यवसाय, व्यापार रुपान्तरण भएको पनि बताए । उनले भने,‘पार्टीहरुले गर्दा देश तहसनहस भइसक्यो । 

मलाई विश्वास गरेर तातो घाममा आउनु भएको छ। धराने जनताको दुखको, आवाज र पिडाको आवाज हो हर्क साम्पाङ। तपाई घरमा गएर ठुलो ऐमामा हेर्नुस् त्यो हो हर्क साम्पाङ। मलाई विजय गराउनु भयो घोषणा पत्र अनुरुप काम गर्ने छु मलाई काम गर्ने ठाउमा पुर्याउनुस म काम गर्छु। उनले भने

धरानमा उद्योग खोल्दैन, जनतालाई रोजगारी दिदैन । पार्टी व्यवसायकोरुपमा अघि बढ्यो । त्यसैले डेढ सय वटा पार्टी छ । पार्टी स्वार्थ सिद्ध गर्ने माध्यम मात्र भयो । जनताको सेवा गर्ने सर्मपणको भाव छैन ।’

हिमनदी धरानका छेवै हुदै बग्छ तर पार्टीका कारणले खाने पानीको लागि आन्दोलन गर्नु परेको छ। ४१ बर्षसम्म धराने जनताले विल बुझाएको छ। २०३६ सालदेखि २०७७ सालसम्मको विल बुझाएको छ । धरानमा खानेको पानीको लागि छुटेको २ अर्ब १६ करोड ४ लाख रुपैया कहा गयो? धराने जनताको आवाज बोल्दा, झुटो मुद्धा लगाई मलाई थुनियो। आफु बोल्दा मलाई थुनिनु परेको सुनाउदै नेपालका सबै भन्दा धेरै ट्याक्स तिर्ने धरान । यसपालि धराने जनताले यस्ता राजनीतिक दलका नेताहरुलाई दण्डित गर्नु पर्छ। धराने जनताले  यस्ता राजनैतिक दलका नेतालाई बैशाख ३० गते दण्ड दिनु पर्दछ। 

धरानको विकासमा हरेक कुरो विगार्ने भनेका दलालहरु? चोर फटाहाहरु हुन्। अब सार्वभौम सम्पन्न धराने जनताले पाठ पढाउनु पर्छ, सबक सिकाउनु पर्छ। म बचाउछु धरानलाई,  म बनाउछु धरानलाई । धरानको भौगौलिक संरचनालाई विगारेर, सर्दुलाई बेचेर खाने, सेउतीलाई भत्काएर खाने, अधेरी खोला बेचेर खाने जलाधर बेचेर खाने यस्ता पार्टीलाई धराने जनताले डण्डित गर्नु पर्छ। 

धरानमा ‘भष्ट्रचार माथी भष्ट्रचार, अन्याय माथी अन्याय, अन्याय अत्याचर। क्षेत्रिय शिक्षा निर्देशनालय धरानबाट धनकुटा, बाणिज्य बैंकका क्षेत्रिय कार्यालय धरानबाट बाहिर । नापतौल तथा गुण नियन्त्रण विभागको कार्यालय धरानबाट विराटनगर। क्षेत्रिय अस्पताल धरानमा थियो विराटनगर। धरानमा भएको उच्च अदालत विराटनगर । ड्राभिङ लाईसेन्सको कार्यालय धरानबाट इटहरी र नेपाल टेलिकमका कार्यालय धरानबाट इटहरी सार्नुको कारण राजनैतिक दलका नेताहरुले जबाफ दिनु पर्छ।’ उनले भने

हर्क साम्पाङले अब धरानमा बाकी रहेको वीपी अस्पताल समेत अन्यत्र सर्छ की आशंका व्यक्त गरे । धरानमा स्थापना भएका सरकारी कार्यालयहरु अन्यत्र सार्न अनुमति दिने स्थानीय राजनैतिक दलका नेताहरुले धरानलाई मृत शहर बनाएको आरोप समेत लगाए।

०१७ सालमा नगर धोषणा भएको धरान, पुर्वाञ्चलको सबै भन्दा ठुलो शहर भएको धरान। आज पानी छैन भन्नु परेको छ। हामी कस्तो अबस्थामा बाचिरहेका छौ? खाने पानीको लागि धरानका जनताले आन्दोलन गर्नु पर्छ। 

साम्पाङले आफु धराने जनताको आन्दोलन, आवाज र मन भित्रको कुन्ठा र आक्रोस हूँ। तपाईको मान्छे हूँ। तपाईले जित्ने हो भने अनी धरानले जित्ने हो भने जित्ने पनी तपाईले हो र जिताउने पनी तपाईले नै हो। म एउटा पात्र मात्र, माध्यम मात्रै हूँ। स्वास्थ्य क्षेत्रमा धरानमा रहेको वीपी प्रतिष्ठानको बृहत सुधार गर्ने पनी बताए।  

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...