News Portal

सुनसरीको धरान र इटहरीको विकासको जिम्मा आफूले लिने: केपी ओली

जनता थर्काउने प्रचण्ड माकाफुई हुन्

हिमालीसंचार संवाददाता
२५०५ पटक

धरान – स्थानीय तहको निर्वाचनका लागि आयोजना गरिएको सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्चलको इटहरी र धरान पुगेर सभालाई सम्बोधन गर्ने क्रममा सुनसरी जिल्लाको इटहरी र धरानको विकासको जिम्मा आफुले लिने बताएका छन्।

धरानको भानुचोकमा आयोजित एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेवारी भाषामा माकाफुईको अर्थ बादर भएको सुनाए। ‘एउटा चकचके बादर रुखमा चढेर रुख हल्लाउदै कराउदै बदमासी गरिरहेको हुन्छ,’ उनले भने, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने माकाफुई बादर हो।’ उनले भने। 

अध्यक्ष ओलीले चितवनका जनता थर्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माकाफुई बादरे घुर्की लगाउने भएको आरोप लगाएका हुन्। चितवनमा छोरी रेनु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठुलो दुर्घटना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको ओलीको टिप्पणी थियो । 

इटहरीमा एमालेका उम्मेदवारलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाएका ओलीले धरानमा पनि सोही कुरा दोहोर्‍याएका हुन्। उनले देशको विकासको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको आफूले एमाले उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथामिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाउने बताए।

स्थानीय तहको चुनावमा पराजय हुने डरका कारण पाँच दलीय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको गठबन्धनसंग एमाले एक्लै काफी रहेको बताएका ओलीले निर्वाचन आयोगले कांग्रेसलाई सजिलो पार्नका लागि मतपत्र हरियो रंगको बनाएको आरोप धरानमा दोहोर्‍याए। 

उनले आफ्नो लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आई लभ यू केपी बा भन्ने गरेको सुनाउदै धरानमा आफ्नो उम्मेदवारलाई विजय गराए धरानको विकासको जिम्मा आफुले लिने बताएका हुन । एमालेले सुनसरीको धरानमा मञ्जु भण्डारीलाई मेयर र पदम इस्वो लिम्बुलाई उपमेयर बनाएको छ। त्यस्तै, इटहरी उपमहानगरमा यामकुमार सुब्बा मेयर र संगीता चौधरीलाई उपमेयर बनाएको छ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...