News Portal

  • सुनसरीको धरान र इटहरीको विकासको जिम्मा आफूले लिने: केपी ओली

    जनता थर्काउने प्रचण्ड माकाफुई हुन्

    हिमालीसंचार संवाददाता
    २४५९ पटक

    धरान – स्थानीय तहको निर्वाचनका लागि आयोजना गरिएको सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्चलको इटहरी र धरान पुगेर सभालाई सम्बोधन गर्ने क्रममा सुनसरी जिल्लाको इटहरी र धरानको विकासको जिम्मा आफुले लिने बताएका छन्।

    धरानको भानुचोकमा आयोजित एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेवारी भाषामा माकाफुईको अर्थ बादर भएको सुनाए। ‘एउटा चकचके बादर रुखमा चढेर रुख हल्लाउदै कराउदै बदमासी गरिरहेको हुन्छ,’ उनले भने, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने माकाफुई बादर हो।’ उनले भने। 

    अध्यक्ष ओलीले चितवनका जनता थर्काउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माकाफुई बादरे घुर्की लगाउने भएको आरोप लगाएका हुन्। चितवनमा छोरी रेनु दाहाललाई भोट नदिए देशमा जे पनि हुने र ठुलो दुर्घटना हुन्छ भनेर जनता थर्काएर प्रचण्डले माकाफुई प्रवृत्ति देखाएको ओलीको टिप्पणी थियो । 

    इटहरीमा एमालेका उम्मेदवारलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता जनाएका ओलीले धरानमा पनि सोही कुरा दोहोर्‍याएका हुन्। उनले देशको विकासको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको आफूले एमाले उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथामिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाउने बताए।

    स्थानीय तहको चुनावमा पराजय हुने डरका कारण पाँच दलीय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको गठबन्धनसंग एमाले एक्लै काफी रहेको बताएका ओलीले निर्वाचन आयोगले कांग्रेसलाई सजिलो पार्नका लागि मतपत्र हरियो रंगको बनाएको आरोप धरानमा दोहोर्‍याए। 

    उनले आफ्नो लोकप्रियताका कारण वृद्धदेखि बालकसम्मले आई लभ यू केपी बा भन्ने गरेको सुनाउदै धरानमा आफ्नो उम्मेदवारलाई विजय गराए धरानको विकासको जिम्मा आफुले लिने बताएका हुन । एमालेले सुनसरीको धरानमा मञ्जु भण्डारीलाई मेयर र पदम इस्वो लिम्बुलाई उपमेयर बनाएको छ। त्यस्तै, इटहरी उपमहानगरमा यामकुमार सुब्बा मेयर र संगीता चौधरीलाई उपमेयर बनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...