News Portal

इटहरी उपमहानगरपालिकाको विकासको जिम्मा मेरो भयो: केपी ओली

हिमालीसंचार संवाददाता
२९७ पटक

इटहरी – नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताए ।

स्थानीय तहका निर्वाचनका लागि पूर्वका इटहरी धरान पुगेका अध्यक्ष ओलीले इटहरीमा आयोजित नेकपा एमालेको चुनावी आमसभालाई सम्वोधन गर्ने क्रममा इटहरीका उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए, इटहरीको समग्र विकासको वजेट र योजनाको कुनै खाँचो नहुने वताएका हुन् । 

ओलीले थप भनेका थिए; ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको’ त्यसपछि ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, यामकुमार सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’

आगामी प्रतिनिधिसभाको चुनावमा एमालेले बहुमत ल्याउने र एमालेको सरकार बन्ने भएकाले इटहरीको विकासका लागि बजेट अभाव हुन् नदिने बताए । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गरेका उनले उनीहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि परेको भन्दै धन्यवाद समेत दिए । 

इटहरीको विकासको वाँकी कामलाई अघि वढाउन, सुन्दर र आधुनिक विकसित नमूना नगर वनाउने कामको अभिभारा याम संगीताको काधमा आउन लागेको बताएका ओलीले सूर्यध्वजावाहक उम्मेदवारलाई जीताउन इटहरीवासीलाई आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...