News Portal

युवाहरुलाई जीवनको कथा हाल्ने सय वटा स्थान निर्माण गरिदिन्छुः केशव स्थापित

हिमालीसंचार संवाददाता
२६६ पटक

काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएमा युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताएका छन् । ‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भने, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान  निर्माण गरिदिन्छु ।’

उनले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताए । ‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भने, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’

स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरीपरीको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाए । ‘युवाहरु साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौँ महानगर भन्दै खुशी हुन्छन् । यस्ता पार्क सहरभरी धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरुको योजना के छ ? तिमीहरुको अपेक्षा के छ? भनेर घुलनशील गराउने योजना छ,’ उनले भने, ‘युवाहरुलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ।’  

उनले युवाहरुलाई उनीहरुको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताए । त्यसैगरी उनले तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताए । 

उनले अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गरे।  उनले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताए । ‘केही महिना बृहत छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करीब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छौँ,’ उनले भने, ‘त्यो टीमले कुन वडामा कति विरामी र कस्ता प्रकारका विरामी भनी अनुसन्धान पनि गर्ने छ । त्यहि टिमले उहाँहरुको थप स्वास्थ्यका लागि सहजिकरण समेत गर्नेछ ।’ उनले यस्ता पाँच–सात वटै स्वास्थ्य सम्बन्धि प्रष्ट योजना बनाएर अघि बढ्ने बताए । 

ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मतहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएमा त्यो अभियानमा लाग्ने उनले बताए ।

उनले विगतमा निराशाहरुलाई आशामा बदल्न सहरी योजना आयोग र ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ अभियान अघि बढाएको स्मरण पनि गराउनुभयो । अब मेयर भएपछि यो अभियानलाई रिभाइभ गर्ने बताए । उनले उपत्यका छिर्ने सबै नाकामा एकीकृत सुरक्षा जाँचको व्यवस्था गर्ने योजना रहेको पनि बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...