News Portal

चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा रिहा

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं – निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर,  आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्ने आदेश दिएपछि उनलाई धरौटीमा रिहा गरेका हुन् । अटेरी समुह पोखराबाट मेयर पदका लागि उम्मेदवारी भने गनेश पौडेल रहेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...