News Portal

खोटाङ जिल्लाका दुई पुर्वप्रधानाध्यापकवीच रोचक प्रतिस्पर्धा

हिमालीसंचार संवाददाता
३४० पटक

खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकामा दुई पुर्व प्रधानाध्यापक वीच वडाअध्यक्षका लागि रोचक प्रतिस्पर्धा रुने भएको छ। आगामी बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पुर्वप्रधानाध्यापक ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ वीच वडाअध्यक्षमा रोचक प्रतिस्पर्धा हुने भएको हो ।

जिल्लाका डाँडाखर्क आधारभुत विद्यालयका पुर्वप्रधानाध्यापक रहेका कार्की नेपाली कांग्रेस र शंखेश्वरी माबिका पुर्वप्रधानाध्यापक श्रेष्ठले नेकपा एमालेले वडाअध्यक्षका लागि उम्मेदवार मनोनयन दर्ता गरेका हुन् । 

कार्कीसँग २७ वर्ष र श्रेष्ठसँग ३९ वर्ष शिक्षण गरेको अनुभव छ । कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका अनुभवी उम्मेदवार हुन् फने श्रेष्ठ पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।

कार्कीले २०६४ सालमा प्रधानाध्यापकबाट राजीनामा दिएर वडाअध्यक्षका लागि उम्मेदवार बनेका थिए । नेपाली कांग्रेसले उनलाई पुन; वडाअध्यक्षमा टिकट दिएको हो । कार्कीले वडा अध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घोषणा सहित चुनावी अभियानमा निस्किएका छन् ।

यता श्रेष्ठ भने अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा होमिएका हुन् । एकै गाउँका दुई पुर्वप्रधानाध्यापक बीचको रोचक प्रतिस्पर्धा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...