News Portal

म्याग्दीमा गौबहादुरले उम्मेदवारलाई खुट्टामा ढोगेर आशीर्वाद दिए, दुबैको आखामा आशु थिए

हिमालीसंचार संवाददाता
२७८ पटक

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँकी मीना विश्वकर्मा यसपालि वडासदस्य उठ्ने तयारी गर्दै थिइन्। केही स्थानीयले गाउँपालिका अध्यक्ष नै उठ्नुपर्छ भने। तर पार्टीमा धेरै नेता अध्यक्षका आकांक्षी भएकाले मीनाले आँट गरेकी थिइनन्।

अलमलमै रहेका बेला स्थानीयले उनलाई ढाडस दिए। मीनाले गाउँपालिका अध्यक्ष उठ्ने निधो गरिन्। नेकपा माओवादीले उनलाई टिकट पनि दियो। यसरी अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि मीना अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छिन्। 

यही क्रममा उनले रघुगंगा-६, पाखापानी पुगेर माओवादीका पुराना नेता गौबहादुर विश्वकर्मासँग आशीर्वाद मागिन्।गाउँपालिका अध्यक्ष उठ्ने हिम्मत गरेको भन्दै गौबहादुरले मीनाको खुट्टै ढोगेर आशीर्वाद दिए। उनीहरूबीच नाता साइनो पनि थियो। 

‘म अध्यक्षमा उठेँ मामा, आशीर्वाद दिनुस् भनेको थिएँ, उहाँले मेरो खुट्टा ढोगेर आशीर्वाद दिनुभयो,’ मीनाले भनिन्, ‘उहाँको आँखाभरी आँशु देखेँ, मैले पनि मन थाम्न सकिनँ।’ दलित महिलाको गाउँपालिका चुनाव लड्ने हिम्मत देखेर हर्षले आँखा भरिएको गौबहादुर बताउँछन्।

‘हामी सधैं किन तल पर्ने, तिमीले साहस गर्‍यौ,’ गौबहादुरले भने, ‘छोरी तिमीले जनतालाई सेवा गर्ने र विकासका काम गरेर देखाउनुपर्छ।’ गौबहादुरले उम्मेदवारको खुट्टा ढोगेको फोटो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो।

गाउँमा बाटोघाटो बनाउन होस् वा खानेपानी र सामुदायिक भवन- विभिन्न समितिमा बसेर काम गरेकी थिइन् मीनाले। त्यही अनुभवका आधारमा उनले गाउँपालिका हाँक्ने अठोट गरेकी छन् र घरदैलो गर्दै मत मागिरहेकी छन्।

घरदैलोमा पुग्दा मीनाले ठूला सपना देखाएकी छैनन्। उनी गाउँको विकास निर्माण र विभेदरहित समाजको कुरा गर्छिन्। दलित समुदायमाझ पुग्दा उनलाई धेरैले हौसला दिएका छन्।गाउँमा पहिलेजस्तो छुवाछुत अहिले छैन। तर पनि दलितलाई हेर्ने दृष्टिकोण अझै विभेदकारी रहेको मीनाको अनुभव छ।

‘अझै पनि भित्रभित्रै छुवाछुत र विभेद गर्छन्,’ उनले भनिन्, ‘म अध्यक्ष जितेँ भने छुवाछुत हटाउने अभियान नै चलाउँछु।’ गौबहादुरले जस्तै अन्य गाउँका दलित समुदायले पनि आफूलाई सम्मान गरेको मीनाले बताइन्। उनले कांग्रेस उम्मेदवार भवबहादुर भण्डारी, एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेदवार सागर भण्डारीसँग गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

मीनाले चुनाव जित्छिन् कि जित्दिनन्, त्यो वैशाख ३० पछि मात्र थाहा हुनेछ। तर उनले दलित समुदाय र आममहिलाको मन जितिसकेको माओवादीका स्थानीय नेता-कार्यकर्ता बताउँछन्।‘मीनाजीको उम्मेदवारीले दलित समुदायमा उत्साह छाएको छ,’ माओवादी केन्द्रका नेता हरि भण्डारीले भने, ‘उहाँलाई जिताउनुपर्छ भनेर समुदायले साथ दिएका छन्।’

बेनीको पात्लेखेतमा १० कक्षा पढ्दा पढ्दै १७ वर्षमै विवाह गरेकी मीना माओवादीनिकट अखिल क्रान्तिकारी र वाइसिएलमा आबद्ध थिइन्। दस वर्ष र तीन वर्षका दुई छोराका आमा उनलाई चुनावी अभियानमा उनका श्रीमानले साथ दिएका छन्। ‘श्रीमान् मसँगै भोट माग्न हिँड्नुभएको छ,’ उनले भनिन्, ‘मलाई परिवार र पूरै समुदायको साथ छ।’

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...