News Portal

खोटाङ जिल्लामा आचारसंहिता उल्लंघन गर्दै राखिएका झण्डा स्वयं दलले हटाए

हिमालीसंचार संवाददाता
२७१ पटक

खोटाङ – खोटाङ जिल्लाका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चोक चोक, धर धर र गाउटोलमा राखेका झण्डा हटाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै जिल्लाको दिक्तेलबजार विभिन्न पालिकाहरुमा जताततै राखेका झण्डा स्वयं तिनै दलले हटाएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै पार्टीका चिन्ह अंकित झण्डा राखेको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान १० बजेभित्र जिल्लाका सबै पार्टीको झण्डा हटाउन लगाएको थियो ।

जिल्लामा केही दिन ढिलागरी दलका कार्यकर्ताले घर, पसल, विजुलीका पोलमा राखेका आ–आफ्नो झण्डा निकालेका हुन् । बजारका दायाँ–वायाँ देखिने झण्डा अहिले पार्टीको सम्पर्क कार्यालयमा मात्र देखिन्छ ।

आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनैतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका थिए ।

जिल्लाको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पसल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएको थियो । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झुण्ड्याएको देखिएको थियो । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएको थियो ।

जिल्लाका दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ ।

तर त्यी स्थानमा राखिएका पार्टीका झण्डा भने हटाइएका छैनन् । सदरमुकाम दिक्तेल बाहिर निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको छ । निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग समेत भइरहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...