News Portal

सन्दीपले रेनुको प्रशंसा मात्र गरेनन् चितवनको दिदि बन्न इष्टदेवसंग प्राथाना समेत गरे

हिमालीसंचार संवाददाता
३२१ पटक

चितवन – कलाकार सन्दीप क्षेत्रीले चितवनमा आयोजित सत्ता गठबन्धनबाट मेयर पदका उम्मेदवार बनेकी रेनु दाहालको प्रशंसा गरेका छन्।

मैले देखेको चितवन र अहिले देखेको चितवनमा केही परिवर्तन महसूस गरेको छु। कलाकार सन्दिप क्षेत्रीले रेनु दहाललाई रेनु दहाल नभनिकन मात्र रेनु दिदि भन्छु। कीन भन्दाखेरी दहाल भन्दिदा कता कता बुवासंगको सम्बन्ध गासेर आउछ। तर म कमरेड प्रचण्ड ज्युलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् छोरी गज्जवको पाउनु भएको छ। 

म आज सम्म कुनै पनी राजनैतिक दलको साधरण सदस्य नलिएको मान्छे। मलाई कांग्रेस, कम्युनिष्ट, एमाले साच्चिकै भन्ने हो भने मलाई त्यसको प्रटोकल पनी थाहा छैन। त्यै भएर मैले सबैलाई नमस्कार गरे। कसका लागि कसरी सम्बोधन गर्छन्  त्यो पनी थाहा छैन। मैले मेरो आमालाई एक चोटी सोधे। 

मलाई चितवनको कार्यक्रममा जानु छ म बोलदिम जोस्तो लाग्को छ के गरौ भन्दा मेरो आमाले भन्नु भयो। पार्टीको लागि हैन, कुनै संगठनको लागि हैन, तैले देशको लागि बोल्ने हो त्यो केटीले देशको काम गरिरहेको छ बोल्दा केही फरक पर्दैन भनेन भन्नु भयो। मलाई ढक्क भयो त्यसपछि म आए। दिदिलाई म यत्ति मात्र भन्न चाहन्छु। मैले तपाईलाई सम्बोधन गरि राख्दा मलाई मेरा दिदि बहिनीले भाई टिका लगाई दिएको सम्झना आउछ। 

मेरा दिद् बहिनीले जब मलाई भाईटिका लगाई दिए। पानीको धेराले मलाई धेरेर राखे। ता की मलाइ कुनै किसिमको संकट नआओस भनेर । मेरा दुख कष्टलाई ओखरमा राखे ब्रम्म फोरी दिए। ता की मलाई कुनै पनी दुख कष्टले नछोस भनेर। मेरो निधारमा सप्तरंगी टिका लगाई दिए। ता की खुशीका हरेक रंगहरु आओस भनेर। अनी कहिले नओइलाउने मखमली फुलको माला मलाई लगाई दिए। ता की मेरो जीवनमा त्यो फुलको सुगन्ध र औरा रही रहोस भनेर । 

म दिदिलाई यही भन्न चाहन्छु। मैले दिदि भनि राख्दा खेरी चितवनका प्रत्येक मानिसले भाईको अपेक्ष गरेका छन्। यो चितवन आफैमा तपाईको एउटा भाइ हो। एउटा दाई हो। अब यसलाइ तपाईले यस्तो धेरा कोर्नुस् की चितवनका हरेक मानिसले हरेक तरिकाबाट आफुलाई सुरक्षित महसूस गरोस् । सांस्कृतिक रुपले, भौतिक रुपले र व्यवहारिक रुपले सुरक्षित अनुभूत गराउनुस् । वहाको दुख कष्टहरु ओखरमा राखेर फुटाका थिए। त्यसरी ब्राङग फुटाउनुस् । 

सप्तरंगी टिका लगाई दिनुस् ता की चितवनका हरेक मानिसले हरेक किसिमका सुख, आनन्द अनुभूत गर्न पाउन्। र यो चितवनको गलामा यस्तो मखमली माला लगाई दिनुस् दिदि यसको सान जहिले पनी बर्करार रही रहोस्। चितवनले प्रत्येक पटक भन्न पावस दिदि पाए यस्तो पाए। तपाईलाई मेरो इष्ट, मेरो कुल मेरो पितृको आषिस लागोस् तपाईले गर्न खोजेका सबै कामका निमित्त शुभकामना दिन चाहन्छु। म कुनै पार्टीको मान्छे होईन। तपाईले गरेको कामबाट प्रफुलित भएर आएको मान्छे हु। भोको मान्छु हु- अलिकती दिदा केही खुशी लागेको मान्छे हु। 

फेरी पनी भन्न चाहन्छु; तपाईलाई मेरो इष्ट, मेरो कुल मेरो पितृको आषिस लागोस् तर सचेत पनी गर्न चाहन्छु। यदि केही गलत गर्नु भो भने तपाईलाई मेरो इष्ट, मेरो कुल मेरो पितृको सराप लाग्न सक्छ दिदि त्यस कारण होसियार हुनु होला। बहुत विश्वास गरेको छु। विश्वास कायम गरिदिनु होला जय होस् सबैको! जय चितवन। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...