News Portal

भोजपुरमा स्थानीय कमिटी एमालेसँग मिलेपछि कांग्रेसलाई तनाव, गाउँपालिका सभापति बर्खास्त

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति भोजपुर जिल्लाका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेका एकजना गाउँपालिका सभापतिलाई पार्टीले बर्खास्त गरेको छ।

भोजपुर जिल्लाको आम्चोक गाउँपालिकाको दश वटा वडाहरुमा नेपाली कांग्रेस गाउँ कार्य समितिले एमालेसँग तालमेल गरेर चुनाव लडेपछि जिल्ला कार्य समितिले त्यहाँका सभापति रविन राईलाई पदबाट बर्खास्त गरेको हो। आम्चोकमा स्थानीय तहको चुनावका लागि तालमेल गरेपछि कांग्रेसकी उम्मेदवार भगवती राईले एमालेलाई सघाउने निर्णय लिएकी थिइन्।

कांग्रेसको जिल्ला नेतृत्वले उम्मेदवारी कायमै राख्नुपर्ने दबाब दिएर मनोनयन फिर्ता लिन रोकेको थियो। तर उनले यसअघि नै विज्ञप्ति निकालेर आफूले एमालेका वसन्त राईलाई सघाएको घोषणा गर्दै भोट माग्न नहिँड्ने घोषणा गरेकी थिइन्। 

नेकपा एमालेले यस पालिकाको ६ वटा वडा र कांग्रेसले ४ वटा वडा बाँडफाँट गरेर माओवादीविरुद्ध चुनावी मैदानमा होमिएका छन्। २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको यहाँ गठबन्धन दलबीच एक्ला एक्लै लड्ने सहमति भएको थियो। तर जिल्लाको निर्णयलाई अस्वीकार गर्दै कांग्रेसको स्थानीय कमिटीले एमाले स्थायी कमिटी सदस्य शेरधन राईको गृहनगर रहेको आम्चोकमा तालमेल गरेको थियो।

स्थानीय तहका निर्वाचनका लागि तालमेलअनुसार अब कांग्रेसले गाउँपालिका अध्यक्षमा एमालेलाई सघाएको छ। तर जिल्ला कमिटी सभापति विनोद बान्तावाले एमालेलाई प्रतिगामी तत्वको संज्ञा दिँदै आफ्नो निर्देशन नमानेको आरोपमा गाउँ कार्य समिति सभापति राईलाई बिहीबार बर्खास्त गरेका हुन्। 

‘आम्चोक गाउँपालिकाको नेपाली कांग्रेस सभापति रविन राईलाई गठबन्धनको नीति र नेपाली कांग्रेस पार्टीको निर्देशनविपरीत काम गरेको हुँदा २४ घण्टे स्पष्टीकरण सोधिएको थियो’, बान्तावाले भनेका छन्, ‘उक्त विषयलाई बेवास्ता गरेर पार्टी अनुशासन गम्भीर रूपमा उलङ्घन गरेकाले आजैको मितिदेखि सभापति पदबाट बर्खास्त गरी कारवाही गरिएको छ।’ 

कांग्रेसले गठबन्धनको नीतिविपरीत साल्पाशिलिछो गाउँपालिकामा माओवादी केन्द्रलाई उपाध्यक्षका उम्मेदवार परे आफ्नोतर्फबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा मनोनयन दर्ता गरिएको भन्दै कारवाही चलाएको छ।

त्यहाँ उम्मेदवारी फिर्ता गर्न नमानेको भन्दै उपाध्यक्षमा मनोनयन दर्ता गराएकी अस्मिता राईलाई साधारण सदस्यसम्म नरहने गरी नेपाली कांग्रेसबाट निष्काशन गरिएको बान्तावाले बताएका छन्। 

बान्तावाले आम्चोक गाउँपालिकामा गठबन्धनको नीति र कांग्रेसको निर्देशन नमानी प्रतिगामी तत्व एमालेसँग अपवित्र गठबन्धन गर्नेलाई सख्त कारवाही गरिने बान्तावाले बताए। 

‘इमान्दार कांग्रेस पार्टीका कार्यकर्ताहरूलाई गठबन्धनको पक्षमा दह्रोसँग उभिन पार्टीको चुनाव चिन्ह रुखमा मतदान गर्न कडा निर्देशन गर्दछ’, बान्तावाले भनेका छन्, ‘प्रतिगामी तत्वसँगको अपवित्र गठबन्धन हाम्रो पार्टी कांग्रेस सम्पूण रूपले खारेज गर्दछ।’

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...