News Portal

  • धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको लोकप्रियता ह्वात्तै बढ्यो

    हिमालीसंचार संवाददाता
    ४०९ पटक

    सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको लोकप्रियता धरानमा ह्वात्तै बढेको छ। 

    पछिल्लो समय धरानका चोक चोकमा रहेका चिया पसल, ग्यारेज होस या शैलुन। धरानको गर्मी छल्न बसेका समुहहरुमा चुनावी गर्मी बढेको छ। सबैको एउटै सल्लाह भईरहेको हुन्छ।  यस पालीको भोट हर्क साम्पाङलाई। काठमाडौ महानगरपालिका र पोखरा महानगरपालिकाको स्वतन्त्र उम्मेदवार दिएका मेयरका प्रत्यासी बालेन शाह र गनेस पौडेलका जस्तै धरानमा हर्क साम्पाङको चर्चा र लोकप्रियता उनको अथक प्रयास, मेहनत र इमान्दारीताले ह्वात्तै बढेको हो। 

    भूमिलाई ढोगेर चुनावी अभियान शुरु गरेका हर्क साम्पाङले धरान उपमहानगरपालिका धरानका टोल टोल र चोकहरुमा घर दैलो कार्यक्रममा हात जोडेर “लौरो” चुनाव चिन्ह्रमा मतदान गर्न अनुरोध गर्दै यसपालि धरान उपमहानगरपालिका धरानको मेयर पदमा जित सुनिश्चि भएको दाबी गर्छन्। 

    मेरो अनलाईनका चर्चित युटुवर विश्व लिम्बु समेत घरान पुगेर हर्क साम्पाङसंग उनका चुनावी एजेन्डा सहित चुनावका विषयमा केन्द्रित भएर ५६ः५५ मिनेट लामो अन्तरसम्बाद गरेका छन्। “नागरिक भन्दा मेयर तल हो, धरानका मतदाता र करदाता सर्वोच्च स्थान दिने” बताएका साम्पाङले आफ्नो जित हुने विश्वास व्यक्त गरेका छन् । 

    २०४८ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारी निर्वाचित भएको क्षेत्र हो धरान। २०६४ सालको संविधानसभाका निर्वाचन बाहेक प्रत्येक संधीय निर्वाचन एमालेको पक्षमा हुन्थ्यो धरान। २०७४ सालमा समेत एमालेले आफ्नो लालकिल्ला कायम राख्यो। तर उपनिर्वाचनमा नेपाली कांग्रसका तिलक राईको नेतृत्वले वामपन्थी किल्ला ढाल्यो। 

    नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी एक भएको अबस्थामा समेत २६ हजार ७ सय ९ मत ल्याई तिलक राई विजय भएका थिए । धरानमा पहिलो पटक नेपाली कांग्रेसले नेकपा एमालेको लालकिल्ला ढालेका कारण राष्ट्रिय चर्चाको विषय भएको थियो। 

    धरानमा पहिलो पटक मताधिकार प्रयोग गर्नेदेखि ७० बर्षीय बृद्धाहरुले समेत हर्क साम्पाङलाइ मतदान गर्ने बताउछन्। यसको पछाडी कांग्रेस र एमालेलाई मत दिएकाहरु जुन संख्यामा हर्क साम्पाङलाई मतदान गर्ने भनेका छन् । यसले दुई ठुला दललाई चुनौति खडा गरेको छ। 

    हर्क साम्पाङले दाबी गरे जस्तै; सामाजिक संजाललाई हेर्ने हो भने हर्क साम्पाङको जित सुनिश्चत देखिन्छ। देश विदेशमा रहेका उनका शुभचिन्तकदेखि लिएर सामाजिक संजाल प्रयोगकर्ताहरुले हर्क साम्पाङलाई सपोर्ट गरिरहेका छन् ।  त्यसले उनलाई जित दिलाउने छ वा जितको नजिक मात्र पुर्‍याउने छ? हर्क साम्पाङकै कारण पनि यसपालि धरानको निर्वाचन परिणाम विशेष चासोका साथ हेरिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...