News Portal

रामचन्द्र पौडेलले भेटे भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथलाई

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्। भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो।

जगन्नाथ कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए। तर यहाँ सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको छ। जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए।

कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ। आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...