News Portal

गंगाजमुना गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन अघि प्लास्टिक पाईप बाँड्दै

हिमालीसंचार संवाददाता
१५४२ पटक

धादिङ – स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन्।निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्ने निर्देशनसमेत दिइसकेको छ।
नेकपा एमालेले धादिङ जिल्लाको उत्तरी क्षेत्र गंगाजमुना गाउँपालिकाकाे रीमा प्लास्टिक पाईप स्थानीय जनतालाई बाँड्न लैजादै गर्दा गंगाजमुना गाउँपालिकाकाे चिमचाेकमा गठबन्धनको टिमले जफत गरेको छ।जफत गरेको प्लास्टिक पाईप गुम्दीमा राखिएकाे छ।

प्लास्टिक पाइप जफत गरेको बारेमा एकजना स्थानीय व्यक्तिले हिमाली संचार डटकमसँग कुरा गर्दै भने ट्रकभित्र ढुवानी गरेको प्लाष्टिक पाईपलाई माथिबाट त्रिपालले छोपिएको थियो।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले जनतालाई बाड्न भनि ल्याएको प्लाष्टिक पाईप गठबन्धनको टिमले जफत गरिएकाे पाईपकाे बारेमा  स्थानीय तहको निर्वाचन आयाेगलाई समेत जानकारी गरेकाे छ। जफत गरिएको पाईप  ४८ राेल रहेकाे छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...