News Portal

धरानका मेयर पदका उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरे

हिमालीसंचार संवाददाता
२९४९ पटक

सन्जिब कोयी/धरान – घरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले भूमि ढोगेर चुनावी अभियान शुरु गरेका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह्र केही ढिला प्रदान गरेका कारण प्रचार प्रसार सामाग्री बनाउन ढिलो भएकाले आजदेखि नगरमा घरदैलो कार्यक्रम भूमि ढोगेर चुनावी अभियान शुरु गरेका हुन्।

पछिल्लो समय धरानका बौद्धिक सर्कल, युवा तथा विधार्थीले हर्क साम्पाङको पक्षमा सामाजिक संजालभर सपोर्ट गर्नु पर्ने धारण अभिव्यक्त गरिरहेका छन्। उनले चुनावी अभियानमा जान अगाडी आफ्ना लागि कुनै फुलमाला, खादा र सम्मान नगरिदिन आग्रह गरेका थिए। धराने जनतालाई विजय गराउनका लागि “लौरो” चुनाव चिन्ह्रमा मतदान गर्न आग्रह गरेका साम्पाङले नगरमा भेटधाट तिब्र बनाएका छन्। 

साम्पाङले धरानको मुख्य समस्या खाने पानी रहेको भन्दै “धराने जनताले मलाई जिताएर, पानी खुवाउन सकिन भने मैले धरानमा बसिरहने नैतिकता र औचित्य समाप्त हुने छ।” त्यस्तै, साम्पाङले धरानमा रहेका वीपी प्रतिष्ठानको सुधारका लागि समेत आफ्नो ध्यानकेन्द्रित रहेको हिनालीसंचारडटकमसंग बताए। साम्पाङले स्थानीय तहको निर्वाचनमा ठुला दललाई समेत चुनौति दिने देखिको स्थानीयहरुको भनाई रहेको छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...