आज : २०२६-०७-१०, शुक्रबार

केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं –  काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।