News Portal

मेलम्ची नगरपालिका एक वडाअध्यक्षले पाउमा हजारका नोट चढाउँदै, भोट माग्दै

हिमालीसंचार संवाददाता
३७२ पटक

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं १० का नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वडाअध्यक्षका अमृत खनालले चुनावी अभियानका क्रममा भोट माग्नका लागि मतदाताहरुको पाउमा एक हजारको दाम चढाउदै भोट माग्दै गरेको भेटिएको छ।

मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । खनाल आफ्नो टिमसहित अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा एक हजारका दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

यसरी हाकाहाकी हजारको नोट दीम दिएर भोट मागिरहेको सार्वजनिक भएपछि सोही वडाका लागि नेकपा एमालेका प्रत्यासी उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...