News Portal

गुलरिया नगरपालिकाको स्वतन्त्र उम्मेदवार दिपिका शर्माको घोषणापत्र सार्वजनिक

हिमालीसंचार संवाददाता
२५१ पटक

गुलरिया-स्थानीय सरकार विकाश केन्द्रीत हुन्छ र हुनुपर्छ । विकाश कार्य निष्पक्ष हुनुपर्छ र निष्पक्षताको निम्ति गैर्‍हदलीय सरकार बन्नुपर्छ।पार्टी प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई पार्टीले संरक्षण गर्ने काम हुँदै आएको छ त्यसैले स्वतन्त्र युवा महिला उम्मेदवार दिपिका लाई मतदान गरेर पार्टीको संरक्षणमा हुने भ्रष्टाचारलाई निरुत्साहित गरौं।नेपाली समाज पार्टी पार्टीमा विभाजित छ । समाजलाई जोड्ने कुनै सन्यत्र छैन। स्थानीय सरकार गैर्‍हदलीय हुँदा विभाजित समाजलाई समन्वय गर्न त्यसैले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ।

गुलरिया नगरपालिकाको विकास र नगरवासीहरुको हितका लागी गर्ने कार्यहरू:-

(१) अन्य नगरपालिकाहरुको तुलनामा गुलरिया नगरपालिकाको विकास पछाडि किन छ कारणहरु के के छ पत्ता लगाई गुलरिया नगरपालिकाको विकास गर्ने छु।
(२) गुलरिया नगरपालिकाको विकासका लागि समिति र संयन्त्रहरुमा म स्वयं आफै बसी गुलरिया नगरपालिकाको विकास गर्ने छु। म बाट गुलरिया नगरपालिकाको विकासका लागि फलानो फलानो व्यक्ति/अध्यक्ष/ सदस्यको जिम्मामा कुनै पनि समिति र संयन्त्रहरु खडा हुँदैन। केही बुद्धिजीवी युवाहरु, प्रौढहरु, वृद्धहरु, असहायहरु र बुदिजीवी वर्ग सबैको सल्लाह र सुझाव लिएर मैले आफ्नो बुद्धि र विवेक अनुसार गुलरिया नगरपालिकाको विकास गर्ने छु।

(३) बर्दिया र गुलरिया नगरपालिकाको विकासको लागि नाकाको अत्यन्त आवश्यक छ। म मेयर भएको भोलिपल्ट बाट नै जिल्ला प्रमुख अधिकारी संग सर सल्लाह गरि गुलरियामा नाका आजसम्म के कतिपय कारणले खुल्न सकेन। नाकाको विषयमा नाकाको काम कुन मन्त्रालयमा गएर रोकिएको छ। जिल्ला प्रमुख अधिकारी संग सहकार्य गरि नाका खुलाउन तर्फ लाग्ने छु। भारतका मिहिंपुरवा, बहराइच र लखनउका जिल्ला अधिकारी, उत्तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु संग नाकाको विषयमा छलफल अगाडि बढाउने छु। प्राथमिकतामा पहिलो नम्बरमा मेरो काम नै नाका खुलाउने हुनेछ।

(४) नगरवासीहरुको हितमा कार्य गर्ने छु। नगरवासीहरुको गाँस, बास र कपासमा ध्यान दिने छु। गुलरिया नगरपालिकामा बर्खामा मात्र नभएर अन्य बेला पनि बाडीको समस्या र नदी कटान समस्या गम्भीर रूपमा रहेको छ। जिल्ला प्रमुख अधिकारी संग सहकार्य गरि बाडी र नदी कटानको समस्या पनि हल गर्ने छु र गुलरिया नगरपालिकाको साधन, स्रोत र बजेट अनुसार गुलरियाका बेरोजगार नगरवासीहरुको लागी रोजगारीको विकल्पमा कृषिमा निर्भर, कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन र फैक्ट्री (उधोग) संचालन तर्फ ध्यान दिनेछु। समयमा किसानहरूले मल (खाद्य ) र बीउबिजन हरु नपाई दु:ख र कष्ट झेल्नुपर्ने अवस्था छ। सहज रूपमा उपलब्ध गराउने छु।
(५) गुलरिया नगरवासीहरुले अस्पताल र स्वास्थ्य चौकीहरु बाट सहजै समयमा गुणस्तरीय सेवा सुविधाहरु र उपचार दिलाउने छु।
(६) गुलरिया नगरवासीहरुको हरेक गरिब र असहाय युवा वर्गहरुको गुणस्तरीय शिक्षामा पहुँचको साथसाथै नि:शुल्क शिक्षा दिलाउने छु। विपन्न परिवारका बालबालिकाहरूलाई नि:शुल्क अध्ययन गराउन छात्रवृत्तिको व्यवस्था गराइनेछ।
(७) पालिका भित्र एक वाचनालय र पुस्तकालयको निर्माण गरिनेछ।
(८) खेलकुदको विकासका निम्ति कभर्डहल तथा खेलकुद मैदानको विकास गरिनेछ।
(९) उपयुक्त स्थानमा पार्क तथा चिल्ड्रेनपार्कको निर्माण गरिनेछ।
(१०) औद्योगिक क्षेत्रको विकास गर्दा स्थानीय बासिन्दाको स्वास्थ्य, वायु र जलको स्वच्छतालाई विशेष ध्यान दिइने ।
(११) अशक्त, टुहुरा बालबालिका र वृद्धवृद्धाहरूको बासस्थानको विशेष व्यवस्था गरिनेछ।
(१२) युवाहरू भविष्यका कर्णधार हुन र मुलुकको जग र मुलुकको भविष्य पनि युवाहरु नै हुन । युवाहरू रोजगार लक्षित कार्यक्रमहरु बनाउन तर्फ ध्यान दिने छु। युवा वर्गहरुलाई प्राथमिकता दिई हरेक कार्यहरूमा युवा वर्गहरुलाई अघि बढाउने छु।
(१३) आय आर्जन र रोजगारीको लागि मेरो कार्यकाल भरी सीपमूलक तालिम जस्तै कम्प्युटर, आई टी सेक्टर, बैंक सम्बन्धि, फाइनान्स, कुक, होटेल म्यानेजमेन्ट, विधुत वायरिङ, खानेपानी वायरिङ, फर्निचर, ब्युटी पार्लर, सिलाई कटाई र कृषि क्षेत्र लगायतका तालीमहरु संचालन गराउने छु।
(१४) गुलरिया नगरपालिकाका नगरवासीहरुलाई कुनै काममा बाधा, अवरोध, झन्झट, दु:ख, कष्ट र पिडा झेल्नु नपरोस नै मेरो प्रमुख उद्देश्य हो।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...