News Portal

काठमाडौं बालेन शाह, पोखरा अटेरी समुह र धरानका हर्क साम्पाङलाई “लौरो” चुनाव चिह्न

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह, पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार गणेश पौडेल र धरान उपमहानगरपालिका धरानका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले “लौरो” चुनाव चिह्न पाएका छन् ।

गायक र्यापर बलेन शाह काठमाडौं महानगरपालिका काठमाडौ मेयर पदका लागि उम्मेदवारी दिएका हुन। आफूलाई अटेरी समुह भनेर परिचय दिएका पोखरा महानगरपालिका पोखराका मेयक पदका उम्मेदवार गणेश पौडेल र पूर्वाञ्चल धरान उपमहानगरपालिका धरानका मेयर पदका उम्मेदवार नागरिक समाजका अगुवा हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयले ‘लौरो’ चुनाव चिह्न दिएको हो ।

यी तीन जना मेयर पदका उम्मेदवारमा आफुलाई स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका युवाहरुले आफ्नो क्षेत्रमा चुनाव जित्ने दावी गरिरहेका छन् । धरान नगर मेयरका उम्मेदवार हर्क साम्पाङले हिमालीसंचारडकमसंग कुरा गर्दै चुनाव चिन्ह्र ढिलो प्राप्त भएको कारण प्रचार सामाग्री निर्माण गर्न ढिलाई भएका कारण जनता समक्ष पुग्न ढिला भएको बताए। 

मैले जित्नुसंग केही छैन, तर धराने जनतालाई जिताउनु संग छ, सब थोक भनेका छन् । उनले थप भनेका छन्; “धराने जनताले मलाई जिताएर “पानी” खुवाउन सकिन भने मैले धरानमा बसिरहने नैतिकता र औचित्य समाप्त हुने छ।” धरानका मुख्य ठुलो समस्या पानीको समस्यका विषयमा उनले भने।

धरानका युवा सर्कल, बुद्धिजिबी र देश विदेशमा रहेका हर्क साम्पाङका लागि सामाजिक संजालमा लुटेरा लखेट्ने लौरो चुनाव चिन्हमा सबैले मतदान गरौ भनेर फेसबुकमार्फत हर्क साम्पाङको पक्षमा मतदान गर्न आह्वान गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...