News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा कांग्रेस र जसपावीच गठबन्धन

हिमालीसंचार संवाददाता
२९७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको छ । शुक्रबार एक प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र जसपाले संयुक्त हस्ताक्षर गरी गठबन्धन गरेका हुन्।

स्थानीय तह निर्वाचन नजिकिदै जाँदा केन्द्रीय गठबन्धन समितिको निर्णय अनुसार मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बिचमा चुनावी तालमेल गर्ने सहमति भएको हो । 

जसपाले रंगेली नगरपालिकाको मेयर पद नेपाली कांग्रेसले लिने र जसपाले उपमेयर दिएको छ । नेपाली कांग्रेसबाट उपमेयरमा मनोनयन दर्ता गरेका उमेदवारी फिर्ता लिएपछि जसपाले पनि मेयर पदको मनोनयन फिर्ता लिएका छन । 

छलफलमा जसपाका केन्द्रीय सदस्य प्रेम नारायण थापा र नेपाली कांग्रेसबाट गोपालमान सिंह राजभण्डारी, रामनारायण मण्डल, जगर्नाथ मण्डलले प्रेस विज्ञप्तिमा गठबन्धनका लागि हस्ताक्षर गरेका छन। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...